News Portal

रेडियो सुन्नुहोस्

जिल्ला प्रशासनमा १६ गतेदेखि बार अनुसार सेवा

झुलेनी पोष्ट२०७८ माघ १३
११४६ पटक
२०७८ माघ १३

जिल्ला प्रशासन कार्यालय प्यूठानले माघ १६ गतेदेखि बार अनुसार सेवा दिने भएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण हुँदा अत्यावश्यक बाहेक सबै सेवा बन्द बन्द गरेको कार्यालयले बिहिवार सुचना जारी गर्दै आइतवारदेखि बार अनुसार सेवा लागेको जनाएको हो ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको र कर्मचारीहरुमा कोरोना संक्रमण भइ उपचाररत रहेको जानकारी गराउँदै प्रशासनले यस्तो सुचना जारी गरेको हो । जारी सुचना अनुसार राष्ट्रिय परिचय पत्र बाहेक नागरिकता, राहदानी लगायत प्रशासन कार्यालयबाट प्रदान गरीने अन्य सेवा अर्को सुचना जारी नभएसम्मका लागि स्थगित तपसिल अनुसार सेवा दिन लागेको हो ।

जस अनुसार आइतवार नौबहिनी गाउँपालिका र गौमुखी गाउँपालिका, सोमवार झिमरुक गाउँपालिका र ऐरावती गाउँपालिका, मंगलवार मल्लरानी गाउँपालिका र प्यूठान नगरपालिका, बुधवार नौबहिनी गाउँपालिका र गौमुखी गाउँपालिका, बिहिवार झिमरुक गाउँपालिका र ऐरावती गाउँपालिका, शुक्रवार मल्लरानी गाउँपालिका र प्यूठान नगरपालिकावासीहरुलाई सेवा दिने भएको हो ।

इलाका प्रशासन कार्यालय जस्पुरको कार्यक्षेत्रमा रहेका स्थानीय तहका सेवाग्राहीलाई कार्यालय खुलेको सबै दिनहरुमा सेवा प्रदान हुने बताइएको छ । सेवा लिन आउँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउन भनिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...