News Portal

रेडियो सुन्नुहोस्

बाख्राले पालेको छ के.सी. परिवार

एलबी थापा२०७८ माघ २५
१५११ पटक
२०७८ माघ २५

यहाँका युवक ६ वर्षदेखि बाख्रापालन र नर्सरी खेतीमा रमाइरहेका छन् । यो पेशा आफ्ना लागि ब्यवसाय भन्दा पनि नसा बनेको यिनको अनुभव छ । गौमुखी गाउँपालिका ६, लिवाङका पदम बहादुर के.सी.ले आफू २२ वर्षको हुँदादेखि पशुपालनमा लागेका हुन् । उनी अहिले २८ वर्षका भए ।

‘आम्दानीका लागि १÷२ ठाउँ जागिर पनि गरे’, उनले भने, ‘जागिरले घर गुजारा नचलेपछि ब्यवसाय थालेको हुँ ।’ ‘सुरुमा २० वटा बाख्राबाट ब्यवसाय थालेको हुँ’, उनले भने, ‘त्यसपछि ५० देखि ८० वटा बाख्रासम्म पु¥याएको थिएँ ।’ ‘अहिले बिक्रि भएर घटेपनि अरु ब्याउने छन्’, उनले भने ।

जागिरका लागि थुप्रै ठाउँ धाएका के.सी.ले बिदेश जाने सोंच भने बनाएनन् । ऋण काढेर २० बाख्रा खरीद गरेका उनको फर्ममा अहिले ५२ वटा बाख्रा छन् । यि मध्ये २० वटा बाख्रा बोयर क्रस हुन् । बाख्रापालनबाट वार्षिक सरदर ३ देखि ५ लाख सम्म आम्दानी बचाउने गरेको उनको भनाई छ । के.सी.का अनुसार खसी, बोका, पाठा, पाठी र बोयर क्रस माउ बाख्रा बिक्रिबाट नियमित आम्दानी हुने गरेको छ ।

सुरुमा गाउँकै बोर्डिङ स्कुलमा ४ हजारको जागिर र त्यसपछि सडक बिभागमा १८ हजारको जागिर गरेको उनले बताए । ‘बोर्डिङको जागिरले घर खर्च पुग्दै पुग्दैनथ्यो’, उनले भने, ‘सडक बिभागको जागिरले पनि डेरा खर्च ठिक्क हुन्थ्यो ।’ समाचार र युटुवमा बाख्रापालनबाट युवाहरुले आम्दानी गरेको खवर सुनेर आफूपनि बाख्रापालनमा ब्यवसायमा होमिएको उनको भनाई छ । बाख्रापालनमा उनकी श्रीमती मिठा कुमारी, ७३ वर्षका वुवा राम बहादुर र ७५ वर्षिय आमा मनिले सहयोग गर्दै आएका छन् ।

‘श्रीमती, बुवा र आमाले बाख्रा चराउने र घाँस काट्नुहुन्छ, मैले गोठ र मार्केटिङको काम गछुँ’, उनले झुलेनी पोष्टसँगको कुराकानीमा बताए । सुरुका २ वर्षमा आम्दानी नहुँदा हरेश खाने स्थितीमा पुगेको उनको भनाई छ । ‘ब्यवसाय थालेको दुई ढाइ वर्ष हुन थाल्यो’, उनले भने, ‘लगानी बढ्दा बोका पाठा बिक्रि नहुँदा चक्कर लागेको थियो ।’

अहिले भने यो पेशाबाट घर परिवार आफू सन्तुष्ट रहेको उनी बताउँछन् । सुरुमा ८ वटा पाठा, पाठी र बोका बिक्रि गर्दा २ लाख ५० हजार नाफा हुँदा खुवै सन्तुष्ट मिलेको उनको पहिलो अनुभव छ । बाख्रापालनसँगै उनले घाँस र विरुवाको नर्सरी खेती पनि गरीरहेका छन् । ‘नर्सरी खेती थालेको पनि ४ वर्ष पुगेछ, दुबैबाट आम्दानी बढेकोले खुसी छुँ’, उनले भने ।

बाख्रापालन भन्दा नर्सरीबाट रस परेको उनी बताउँछन् । प्रत्येक वर्ष नर्सरीका बिरुवा बिक्रि हुने भएकाले आम्दानी पनि बढेको छ । अब बाख्रापालनसँगै नर्सरी खेती बिस्तारको योजना रहेको उनले भने । के.सी.का अनुसार ८ रोपनी जग्गामा नर्सरी खेती गरेका छन् ।

नर्सरीमा २ लाख भन्दा बढी टिमुर, डालेघाँस, भुइघाँस, किम्बु, नेप्पियर, सुपर नेप्पियर, राइफन्यु, भटमासे लगायतका घाँस र बिरुवा छन् । नर्सरीबाट यो वर्ष ६÷७ लाख रुपैयाँ नाफा गर्ने लक्ष्य राखेको उनको भनाई छ । बिरुवा बिक्रिबाट हालसम्म २० लाख बढी कारोवारमा १० लाख सम्म नाफा गरेको उनले बताए । नर्सरी र बाख्रापालनको कमाईबाट के.सी.ले दाङमा घडेरी किनेका छन् । यी दुबैको आम्दानी वार्षिक सरदर १५ लाखसम्म हुने गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...