News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभावमा रहेका कुलमानको पोखरामा निःशुल्क शल्यक्रिया

झुलेनी पोष्ट
१३०५ पटक

खुट्टा भाँचिएर उपचारका लागि समस्यामा रहेका प्यूठान नगरपालिका वडा नं. ५, ओवाङ निवासी कुलमान घर्ति मगरको निःशुल्क उपचार भएको छ ।

६० वर्षिय कुलमान घर्ति मगरको रुखले च्यापेर बायाँ खुट्टा भाँचिएर घाइते भएका थिए । उनको खुट्टाको तिघ्राको हाड भाँच्चिएको थियो ।

घर्ति मगरको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निःशुल्क रुपमा सफल शल्यक्रिया सम्पन्न भएको छ । आर्थिक अभावले उपचारमा समस्या व्यहोरेका परिवार निःशुल्क उपचार पाउँदा राहत मिलेको बताएका छन् ।

अस्पतालका चिकित्सक झपिन्द्र पोखरेलको नेतृत्वमा, सुवास गुरुङ, कथितराज घिमि मल्लरानी ३ बरबोट निवासी हाल पोखरा अस्पतालमा कार्यरत चिकित्सक राजेन्द्र पौडेल, यदुनाथ बराल, अरबिन्द्र कुमार शाह र इन्द्र गुरुङ सहितको टोलीले सफल शल्यक्रिया गरेको प्यूठान नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लछुमन भण्डारीले जानकारी दिए ।

आर्थिक अभावमा उपचार गराउँन परिवारलाई समस्या भएको अवस्थामा झुेनी युनाइटेड नेटवर्क प्रा ली को समन्वयमा मल्लरानी ३ बरबोट निवासी हाल पोखरा अस्पतालमा कार्यरत चिकित्सक राजेन्द्र पौडेलले उपचारका लागि सहजीकरण गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...