News Portal

रेडियो सुन्नुहोस्

ज्योती मगर र भूमिका गिरीको तीज गीत ‘विकृति’ (भिडियो)

गाेविन्द विश्‍वकर्मा, प्यूठान
२३७६ पटक

नेपाली लोक दोहोरीमा निक्कै चर्चा कमाउन सफल अझै भनाै स्टेज क्विन गायिका भुमिका गिरी र त्यस्तै चर्चाको शिखरमा रहेकी गायिका ज्योती मगरको सुमधुर आवाज रहेको तिजको कोसेली भर्खर मात्र बजारमा आएको छ।

नेपाली नारिहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा विभिन्न प्रकारका गीत संगीतहरु सार्वजनिक हुने क्रममा भूमिका गिरीकाे या अत्यन्तै सन्देशमूलक गीत बजारमा सार्वजनिक भएकाे हाे । ज्योती मगरलाई लागेका आरोपहरू सर्जक नेत्र अर्यालले शब्द लेखन मार्फत कुशल तरीकाले प्रस्तुत गरेका छन । भूमिकाले ज्याेतीलार्इ नेपाली गीत संगीतमा विकृती ल्याएकाे अाराेप लगाएका छन भने गिरीकाे अाराेप माथी खण्डन गर्दै नेपाली गीत संगीतको क्षेत्रमा आफुले बिकृती नल्याएको दाबी ज्याेती मगरले गरेकाे संवाद यस गीतमा समेटिएकाे छ । भूमिका गिरीको प्रस्तुतीमा बजारमा अाएकाे यस तीज गीत एल्वमकाे नाम “बिकृती” भनेर समावेश गरिएकाे छ । प्रिय गीतकार नेत्र अर्यालको शब्द,अत्यन्तै व्यस्त संगीतकार गायक खेम सेञ्चुरीको लय,भुमीका गिरी र ज्योती मगरको सुमधुर आवाजमा यस गीतकाे अडियाे निर्माण गरिएकाे छ ।

प्रकाश भट्टको उत्कृष्ट निर्देशन,राजेश घिमीरेको छायांकन, ज्योती मगर,भुमीका गिरी,मालती घले,एञ्जिला वाईबा,सबिता परियार र सिमा घर्तीको अभिनय रहेको “बिकृती”को म्यूजिक भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन भने उक्त म्यूजिक भिडियोलाई भुमीका गिरीको युट्यूब च्यानलमा अप्लोड गरिएको छ । गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेस् हाम्राे तर्फवाट भुमिका गिरी,ज्योती मगर लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना !

हेर्नुहोस भिडियो :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...