News Portal

रेडियो सुन्नुहोस्

चालकसंग ट्राफिक कार्यक्रम : सवारी चलाउदा तथा यात्रा गर्दा ट्राफिक नियम पालना गर्न आग्रह

मधुसुधन पोख्रेल२०७८ फागुन १९
१८०९ पटक
२०७८ फागुन १९

जिल्ला प्रहरी कार्यालय प्यूठानले चालक संग ट्राफिक कार्यक्रम संचालन गरेको छ । जिल्लाका विभिन्न ठाउँहरुमा चालक तथा यात्रुहरु संग ट्राफिक चेतनाका कार्यक्रम संचालन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानबाट खटिने टोलिले “चालकसँग ट्राफिक प्रहरी “ कार्यक्रम अन्तर्गत साना तथा ठुला सवारी साधनहरुका चालक , सह चालक तथा यात्रुहरु समेतलाई सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, ओभरटेक कसरी गर्ने, दाँया–बायाँ कसरी मोड्ने, सवारीको गति, लेन अनुशासन, दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण दिईरहेको जिल्ला प्रहरी कार्यालयका सहायक निरिक्षक मधु थापाले बताउनु भयो ।


लुम्वीनी ट्राफिक प्रहरी कार्यलयको निर्देसनमा यो कार्यक्र गत ३ महिना देखि संचालन गरेको थापाको भनाई छ । दैनिक ३० देखि ५० जना सम्म यात्रु तथा चालकहरुलाई प्रशिक्षण दिइरहेको थापाले बताउनु भयो । कार्यक्रमले चालक तथा यात्रुमा केहि सुधार आएको समेत बताउनु भयो साथै थापाले सम्पुणले नागरीकहरुलाई ट्राफिक नियम पालना गर्दै यात्रा गर्न र सवारी साधन चलाउन आग्रह समेत गर्नु भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...