News Portal

रेडियो सुन्नुहोस्

विविध प्रतियोगिताका साथ ११२ औं नारी दिवस पुण्यखोला प्यूठानमा मनाईयो

तेजेन्द्र बि. एम.२०७८ फागुन २४
७७७ पटक
२०७८ फागुन २४

साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्युठानले विविध प्रतियोगिताका साथ १ सय १२ औं नारी दिवस मनाएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पसको प्राङ्गण पुण्यखोलामा प्युठान नगरपालिकाको सहयोग र साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्युठानको आयोजनामा १ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा र्याली, लोक नृत्य तथा कुर्ची दौड प्रतियोगिता सञ्चालन गरेको हो ।

‘‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’’ भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको हो । कार्यक्रममा नगर प्रमुख अर्जुन कुमार कक्षपतिले नगरपालिकाबाट महिलालाई अहिलेको अवस्थाबाट माथि उठाउन उद्यमशिलताको विकास गर्दै उद्यमी बनाउने किसिमका कार्यक्रममा जोड दिइरहेको बताएका छन् । हाल चलिरहेको युक्रेन घटनामा खटिएका महिलाहरूलाई सम्झदै आफ्नो देशको रक्षाको लागि महिलाको सहयोग बिना अघि बढ्न नसकिने उनको भनाई छ । कार्यक्रममा बोल्दै नगर उप–प्रमुख शान्ता आचार्यले महिलाहरु आफ्नो रक्षाको लागि आफै लड्न सक्ने र आवस्यक परे राष्ट्रकै अगुवाइ गर्ने सामथ्र्य राख्नुपर्ने बताएकी छिन् ।। साथै कुनैपनी परिस्थितिमा महिलाको हकहितका लागि लडिरहने समेत उनले बताएकी छिन् ।

कार्यक्रममा बोल्दै अन्तर पाटी महिला सञ्जाल समिति प्युठानकि अध्यक्ष नानुमाया के. सी. ले जब सम्म ग्रामीण क्षेत्रका महिलाको जीवनस्तरमा उल्लेख्य परिवर्तन हुँदैन तवसम्म दिवस मनाउँदैमा खुसि बताएकी छिन् ।
कार्यक्रममा बोल्दै नगर स्तरीय महिला सञ्जाल समिति संयोजक भगवती खड्काले कोरोना महामारीले गर्दा २ वर्ष कुनैपनी कारणले मञ्च कार्यक्रम गरि यस्तो अवसर जुटाउन नसकेको भन्दै यस कार्यक्रममा खुशी व्यक्त गरेका थिए ।

दिवसको अवसरमा भएको प्रतियोगितामा ¥याली तर्फ प्युठान नगरपालिका भित्रका १२ महिला सहकारी संस्थाबाट सहभागी भएका थिए । जसमध्ये प्रथम धर्मावती महिला बचत तथा ऋण सहकारी संस्था, द्वितीय साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था र तृतीय सङ्गम महिला बहुउद्देश्यीय सहकारी संस्था भएको छ । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७, ६ र ५ हजारका दरले नगद पुरस्कारको व्यवस्था गरिएको थियो । साथै अन्य सहभागी महिला सहकारीलाई नगद रु. ३ हजार ५ सयका दरले सम्मान गरिएको थियो ।

त्यस्तै लोक नृत्य तर्फ बागेश्वरी महिला बहुउद्देश्यीय सहकारी संस्था प्रथम, विजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था द्वितीय र साहारा महिला बहुउद्देश्यीय सहकारी संस्था तृतीय भएको छ । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५, ४ र ३ हजारका दरले नगद पुरस्कारको व्यवस्था गरिएको थियो । साथै अन्य सहभागी समुहलाई नगद रु. २ हजार ५ सयका दरले सम्मान गरिएको थियो ।

त्यस्तै कुर्ची दौड प्रतियोगिता तर्फ जुम्री संघर्षशिल महिला सञ्जाल प्युठान नगरपालिका–५, बाट सहभागी टीका भण्डारी प्रथम, प्रेरणा महिला बहुउद्देश्यिय सहकारी संस्था प्युठान नगरपालिका–४ बाट सहभागी रमा रिजाल द्वितीय र शिवशक्ती महिला बहुउद्देश्यीय सहकारी संस्था प्युठान नगरपालिका–१ बाट सहभागी बिमला धामी तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १ हजार, ८ सय र ५ सय नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।

प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिको प्रमुख आतिथ्यता कार्यक्रम गरिएको हो । साहारा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारायणी पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भने प्युठान नगरपालिकाकि जिन्सी शाखा प्रमुख शिवा राउतले गरेकी थिइन् ।


यसैविच आज प्यूठान सहित देशभर १ सय १२ औ अन्तराष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्युठानका नौ वटै स्थानिय तहका विभिन्न स्थानमा विविध कार्यक्रम गरी दिवस मनाईएको हो । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको छ । आज नेपालमा पनि दिवसको अवसरमा विविध कार्यक्रमहरु सम्पन्न भएका छन् ।

प्रतिकृया दिनुहोस्

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...