News Portal

रेडियो सुन्नुहोस्

दुखद ख़बर – जिप दुर्घटना हुदा पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरसहित १४ घाइते

सिखबर संवाददाताबागलुङ, २ साउन
१०८० पटक
बागलुङ, २ साउन

बागलुङ सदरमुकामदेखि बुर्तिवाङ जाँदै गरेको जिप सडक छेउमा दुर्घटना हुदा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरसहित १४ यात्रु घाइते भएका छन् । ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । बुधबार बेलुकी साँढे ६ बजे गलकोट नगरपालिका-९ रिघामा जिप पल्टेको हो ।

ध १ ज १४९ नम्बरको जिपमा सवार मगरसहित ४ जना गम्भीर घाइते भएका हुन् । घाइतेलाई गलकोटस्थित आरोग्य अस्पतालमा सामान्य उपचार गरेर पोखरा पठाएको इलाका प्रहरी कार्यालय हरिचौरका निरिक्षक मनबहादुर बिकले बताए । अन्य १० जनालाई गलकोटमै उपचार गराइएको छ ।
मंगलबारदेखि लगातार पानी परेकोले मध्यपहाडी खण्डको धेरै स्थानमा पहिरो खसेको छ । धेरै स्थानमा सडक चिप्लो पनि थियो । घटनाको जानकारी पाउनासाथ प्रहरीले उद्धार गरेको हो ।
बुध, साउन २, २०७५ मा प्रकाशित

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...