News Portal

रेडियो सुन्नुहोस्

राेल्पामा वडापालिकाले जवर्जस्ति कर अशुलि गर्दै

वडापालिका लाई सहयोग भन्दै प्रति पसल वाट १५ सय देखि ४५ सय सम्म रकम अशुलि गरेको स्थानीयकाे गुनासाे

गणेश केसि २४ श्रावण २०७५
१७४० पटक
२४ श्रावण २०७५

राेल्पा सुनछहरी गाउँपालिका ३ बाहिरी गाउँमा वडापालीकाले आफु खुसि कर संकलन गरेको व्यापारिहरुले गुनासो गरेका छन । उनिहरुले गाउपालीकाको निर्देशन भन्दै वडापालीकाका सचिव र अध्यक्षले चन्दा मागेको उनिहरुले आरोप लगाएका छन । वडापालिका लाई सहयोग भन्दै प्रति पसल वाट १५ सय देखि ४५ सय सम्म रकम अशुलि गरेको उनिहरुले वताएका छन ।

वडापालीका अध्यक्ष मत व घर्तिमगर र वडा सचिव नारायण प्रसाद आचार्यले प्रत्यकको पसलहरुमै पुगि जवर्जस्ति पैसा मागेको वताइएको छ । सामान्य किराना पसल, होटेल तथा नास्ता पसलहरुमा उनिहरुले रकम लिएको वताइएको छ । “यो त अति भयो, हामिलाइ व्यापार व्यवसाय गरेर खान पनि नदिने ? यदि कर नै लिएको भए पनि तुलसिपुर कर कार्यालयमा हामिले तिरेका छौँ, घरेलुमा पनि तिरेका छौँ, फेरी गाउपालीकालाई पनि दिनु पर्ने ? यसरी त हामिले घर परिवार कसरी पाल्ने ? सानो व्यापार व्यवसाय गरेर कमाएको थोरै पैसा पनि तिन चार ठाउँमा कर तिर्न मै ठिक्क हुन्छ, हामि दोहोरो तेहेरो करको मारमा प¥यौँ”, सुनछहरी गाउँपालीका ३ बाहिरी गाममा किराना पसल गर्दै आउनु भएका नाम नबताउने सर्तमा एक जना व्यापारीले गुनासो पोख्नु भयो । नेपालको गाउँ, नगर, तथा जुनसुकै सरकारमा पनि व्यापार व्यवसाय गर्दा दोहोरो करको मारमा पर्नु हुँदैन । “गाउपालीकाको ३ नम्वर वडामा के भएको हो” ?, भनि हामिले सुनछहरी गाउपालीकाका प्रवत्ता अम्मरजित पुन लाई सोधेका थियौँ । उहाले “गाउँपालीका भित्र दर्तामा नआएका व्यवसायिहरुलाइ पटक–पटक दर्ता गर्न आग्रह गरेको तर कोहि पनि आए पश्चात गाउपालीकाले ति दर्ता नभई चलाइएका व्यवसायहरु वाट आन्तरीक कर लिने निर्णय गरिएको थियो, सोहि बमोजिम कर लिएको हुनु पर्छ”, उहाले प्रतिकृया दिनुभयो ।

यता उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष विश्व कुमार चन्दलाई यस बारेमा के हो? भनि प्रतिकृया माग्दा “कुनै पनि गाउँ तथा नगरपालीकामा दर्ता नगरी व्यवसाय संचालन गर्न नपाइने, यद्धपि कुनै गाउँ तथा नगरपालीकामा व्यवासाय दर्ता नगरि व्यवसाय संचालन गरेकाहरु वाट त्यसरि आन्तरीक कर भनेर लिन मिल्दैन” उहाले भन्नु भयो । “जसरी भए पनि गाउँ तथा नगरपालीकाले व्यवसायहरुलाइ दर्ता प्रकृयामा लिनु पर्छ, त्यसरी कर लिनु गैर कानुनि हो”, अध्यक्ष चन्दले थप्नु भयो । दर्ता नगरेका व्यवसायिहरुलाई भने यो निर्णय ठिकै होला तर दर्ता गरि व्यवसाय संचालन गरेका हरुलाइ भने यो निर्णयले दोहोरो करको मारमा पार्ने छ । गामका ति व्यापारीहरुले दर्ता गरे नगरेका सबै खालका व्यवसायिहरु वाट कर संकलन गरेको प्रतिकृया समेत दिएका छन । यस वारेमा गाउपालीका र सम्वन्धित पक्षको गम्भिर ध्यान जानु पर्ने देखिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...