News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिका वडा नं. ३ का अध्यक्षद्धारा सवारी साधन फिर्ता

झुलेनी नेटवर्क२०७९ बैशाख ०९, प्यूठान
१२४३ पटक
२०७९ बैशाख ०९, प्यूठान

प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम बहादुर हमालले आफुले प्रयोग गर्दै आईरहेको सवारी साधन फिर्ता गरेका छन ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा प्यूठान नगरपालिका वडा नं.३ बाट निर्वाचित भए प्रश्चात अहिलेसम्म प्रयोग गर्दै आईरहेको लु १ ब २२४८ नम्बरको मोटरसाईकल शुक्रबार फिर्ता गरेको अध्यक्ष हमालले बताए । उनले वडाको प्राविधिक सहायक धोज बहादुर केसीको जिम्मामा रहनेगरि सवारीसाधन फिर्ता गरेका हुन ।

स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा आफुहरु चुनाव प्रचार प्रसारमा लागेको भन्दै यो समयमा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै सवारी फिर्ता गरेको उनको भनाई छ ।
वडा अध्यक्ष पदमा एमालेलेका उम्मेदवार हमालले २०७४ सालको स्थानिय तहको निर्वाचनमा ६ सय ५९ मत सहित माओबादी केन्द्रका उम्मेदवार शिव बहादुर पुलामीलाई पराजित गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...