News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिका वडा नं. ३ का अध्यक्षद्धारा सवारी साधन फिर्ता

झुलेनी नेटवर्क२०७९ बैशाख ०९, प्यूठान
१४१४ पटक
२०७९ बैशाख ०९, प्यूठान

प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम बहादुर हमालले आफुले प्रयोग गर्दै आईरहेको सवारी साधन फिर्ता गरेका छन ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा प्यूठान नगरपालिका वडा नं.३ बाट निर्वाचित भए प्रश्चात अहिलेसम्म प्रयोग गर्दै आईरहेको लु १ ब २२४८ नम्बरको मोटरसाईकल शुक्रबार फिर्ता गरेको अध्यक्ष हमालले बताए । उनले वडाको प्राविधिक सहायक धोज बहादुर केसीको जिम्मामा रहनेगरि सवारीसाधन फिर्ता गरेका हुन ।

स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा आफुहरु चुनाव प्रचार प्रसारमा लागेको भन्दै यो समयमा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै सवारी फिर्ता गरेको उनको भनाई छ ।
वडा अध्यक्ष पदमा एमालेलेका उम्मेदवार हमालले २०७४ सालको स्थानिय तहको निर्वाचनमा ६ सय ५९ मत सहित माओबादी केन्द्रका उम्मेदवार शिव बहादुर पुलामीलाई पराजित गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...