News Portal

रेडियो सुन्नुहोस्

क्रान्तिकारी माओवादीले स्थानीय निर्वाचन बहिस्कार गर्ने

तेजेन्द्र बि. एम.
८२८ पटक

मोहन वैद्य ‘‘किरण’’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ । आज प्यूठानमा पनि पत्रकार भेटघाट कार्यक्रम गर्दै निवार्चन बहिस्कार गर्ने योजना बनाएको वैद्य नेतृत्वका नेकपा केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला ईन्चार्ज टिकाराम के. सि. ले जानकारी दिए । उनले बिभिन्न जिल्लाहरुमा जनताहरुलाई सचेत बनाउने काम गरिरहेको जानकारी दिए । फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो ।

स्थानीय तहको निर्वाचन बहिस्कार किन ? भन्ने विषयमा विभिन्न ८ बुँदामा वक्तव्य जारि गरेको छ ।

वर्तमान प्रतिक्रियावादी साज्यसत्ता तथा व्यवस्थाका विरुद्ध र विकल्पमा संघीय जनतन्त्तको स्थापनाका लागि निरन्तर संघर्ष गर्दै जान ऐतिहासिक दृष्टिले अनिवार्य बन्न गएको, सिंहदरबारमा हँदै आएको भ्रष्टाचार स्थानीय तहसम्म पुग्दै गएको, सम्पूर्ण सत्ता अभैm केन्द्रिकृत भएको, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने भएको, चरम रुपमा साधन स्रोतको दुरुपयोग तथा शक्ति प्रदर्शन गर्ने देखिएको, स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना नरहेको, प्रतिक्रियावादी राज्यसत्ताका तीनओटै अङ्ग असफल सावित हुँदै गए पनि नोकरशाही राज्य संयन्त्रको बलमा यो सत्ता तथा व्यवस्था टिक्न पुुगेको, अहिले संसदमा राष्ट्रघाती एमसीसी अनुमोदन गर्ने काममा प्रतिक्रियावादी तथा कम्युनिस्ट नामधारी दक्षिणपन्थी संसोघनवादी तत्वहरुको भण्डाफर गर्न जरुरी, निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने संभावना नरहेको र पार्टीको क्रान्तिकारी छवि उपयोग होइन वहिष्कारद्वारा नै समुुज्ज्वल हुुने देखिएकोले स्थानीय निर्वाचनको बहिष्कार गर्ने नीति अवलम्बन गरिएको कुरा उल्लेख गरिएको छ ।

साथै बहिष्कार आन्दोलनलाई दुई महिने अभियान बनाई सञ्चालन गर्ने निर्णय समेत भएको के. सि.ले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...