News Portal

रेडियो सुन्नुहोस्

गाैमुखीमा पहिराेले पुरिदा एक जना बेपत्ता

सिखबर संवाददाता प्यूठान साउन, ३०
१४६३ पटक
प्यूठान साउन, ३०

प्यूठान जिल्ला गौमुखी गाउँपालिका वडा नं ४ साविककाे पुजा गाविस पातालेखर्क जाडगाउँमा खसेको पहिरोले मंगलबार राति ३ घरगोठ पुरेको प्युठानका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । स्थानीय देवबहादुर सुनारको घरगोठ र झगे विकको घर पहिरोले पुरेको हो ।

पहिरोमा परेर ३५ वर्षीय झगे विक बेपत्ता भएका हुन् । सोही पहिरोमा ७ वटा बाख्रा र ४ भैंसीसमेत बेपत्ता भएको जानकारी प्राप्त भएकाे छ । स्थानीयका अनुसार अन्य ७ वटा घरसमेत पहिरोको उच्च जोखिममा रहेकाे बताएका छन ।

घटनाको बिस्तृत जानकारी लिन र उद्धारका लागि बुधवार बिहानै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षककाे उद्दार टोली घटना स्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो । अहिले घटनाको क्षतिको विवरण संकलन र उद्धार कार्य भैरहेकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...