News Portal

रेडियो सुन्नुहोस्

प्रदेश सरकारको बजेट विनियोजन अन्तर्गत प्यूठानमा स्वास्थ्य, कृषि, शिक्षा र पर्यटन प्राथमिकतामा

झुलेनी नेटवर्क२०७९असार,२ प्यूठान
९३० पटक
२०७९असार,२ प्यूठान

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेट विनियोजन अन्तर्गत प्यूठानमा स्वास्थ्य, कृषि, शिक्षा र पर्यटनलाई प्राथामिकता दिएको छ । बुधबार प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्यूठान जिल्लामा स्वास्थ्य, कृषि,शिक्षा र पर्यटनलाई प्राथामिकतामा राखेर बजेट सार्वजनिक गरेका हुन ।
स्वास्थय तर्फ प्यूठान अस्पताल सहित गुल्मी अस्पतालमा अत्याधुनिक ल्याप्रोस्कोपी सेवा विस्तारका लागि २ करोड, बर्दिया र पृथ्वीचन्द अस्पतालमा डिआर एक्सरे सञ्चालनका लागि १ करोड ४० लाख, गुणस्तरीय पाठ्यक्रम, दक्ष प्रशिक्षक, प्रभावकारी शिक्षण विधि र सिप परिक्षणका माध्यमबाट गुणस्तरीय तालिम सञ्चालन गर्न प्यूठानमा ल्याव सहितको सीप प्रतिष्ठान स्थापना गर्न १ करोड बजेट विनियोजन भएको छ ।
त्यस्तै बजेटमा स्वास्थ्य संस्था सुदृढीकरण र भवन निर्माण, अल्लो व्यवसाय प्रर्वद्धन, ओखर, टिमुर, अल्लो, दालचिनी, चिउरी र मालागिरी लगायत जडिवुटीको खेती विस्तार, सदरमुकाम र महत्वपूर्ण स्थानमा सौर्य बत्ति जडान, पर्यटकीय क्षेत्र विकास तथा विस्तार लगायतका कार्यक्रम समेटिएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...