News Portal

रेडियो सुन्नुहोस्

स्थानीय तहहरुले ल्याएको स्वास्थ्य विमा कार्यक्रम कहिले देखी लागु हुन्छ ?

झुलेनी नेटवर्क२०७९ असार,६ प्यूठान
६१० पटक
२०७९ असार,६ प्यूठान

प्यूठानका केही स्थानीय तहहरुले जनताको निशुल्क स्वास्थय विमा कार्यक्रमलाई अगाडी सारेका छन । जनप्रतिनिधीहरुले आफुहरु स्थानीय तहको चुनावमा निर्वाचित भए प्रश्चात जनताको निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेका हुन ।
जिल्लाको माण्डवी गाउँपालिकाले साउन १ गतेदेखी स्वास्थ्य विमा कार्यक्रम लागु गर्ने भएको छ । गाउँपालिकाले स्वास्थय विमा कार्यक्रमलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गरिरहेको माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।
यस्तै गौमुखी गाउँपालिकाले पनि जनताको निशुल्क स्वास्थ्य विमा कार्यक्रम गर्ने भएको छ । गौमुखी गाउँपालिकाले पनि असार मसान्त सम्ममा कार्यविधी बनाएर विमा कार्यक्रम साउन १ गते देखी कार्यान्वयमा ल्याउने गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले बताए ।
उता यस विषयमा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुले स्थानीय तहहरुले पालिका मातहतमा रहने गरि जनशक्ति खटाए मात्र स्वास्थय विमा कार्यक्रम प्रभावकारी हुने बताउछन ।
पालिका आफैले स्वास्थ्य विमा गर्ने जनशक्ति खटाउने की नखटाउने भन्ने विषयमा छलफल गरिरहेको स्थानीय तहहरुले बताएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...