News Portal

रेडियो सुन्नुहोस्

दिर्घरोगका विरामीहरुलाई उपचार खर्च

झुलेनी नेटवर्क२०७९ साउन१३, प्यूठान
१०१७ पटक
२०७९ साउन१३, प्यूठान

सरुमारानी गाउँपालिकाले दिर्घरोगका विरामीहरुलाई औषधउपचार खर्च उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निती नियम अनुसार २०७८ को कार्यविधी बमोजिम गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गरिरहेका, क्यानसर रोगी र मेरुदण्ड एवम् पक्षघातका विरामीहरुलाई मासिक ५हजार उपलब्ध गराउने भएको हो ।
गाउँपालिकाले बुधवार जारी गरेको सुचना अनुसार नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा संगठन संस्थाबाट रोजगारी, निवृतिभरण वा विदेशी सरकारबाट रोजगारी, पेन्सन प्राप्त गरिरहेका व्यक्ति र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही बाहेक दिर्घरोगबाट प्रभावित व्यक्तिले मात्र उपचार खर्च पाउनेछन् ।
रोगबाट प्रभावित व्यक्तिले २०७९ साउन महिना भित्र निवेदन पेश गर्न सक्ने गाउँपालिकाले निकालेको सुचनामा उल्लेख गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...