News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा एक व्यक्ति हराएको ५ दिन पछि मृत फेला

गिता गाैतम२०७९ साउन १६, सोमबार प्यूठान
१०९९ पटक
२०७९ साउन १६, सोमबार प्यूठान

प्यूठानमा सोमबार एक व्यक्ति हराएको ५ दिन पछि मृत फेला परेका छन ।

प्यूठान नगरपालिका वडा नं.५ का अन्दाजी ५६ वर्षिय दाईराम थापा जुर्मीकाडाको आरुडाडा स्थित अमिलेगैराको एक खोल्सामा मृत भेटिएको स्थानिय लक्षुमण भण्डारीले बताए ।
भण्डारीका अनुसार थापा साउन १२ गतेका दिन विहान अदुवा, वेसार बेच्न भनी बिजुवार बजार आएका थिए । सोही दिन साझ गाडीमा चामल लिएर घर फर्किएका उनी छिमेकीको घरमा चामल राखेर एकैछिन पछि आउछु भनेर छिमेकीको घरबाट निस्किएका थिए ।
त्यसपछि उनी घर फर्किएका थिएनन् । स्थानियले खोजी गर्दै जादा थापा सोमबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवारमा ल्याइएको छ । मृतक थापा घरमा एक्लै बस्दै आइरहेका थिए ।

घटनाबारे थप अनुसन्धान भैरहेकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...