News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा एक व्यक्ति हराएको ५ दिन पछि मृत फेला

गिता गाैतम२०७९ साउन १६, सोमबार प्यूठान
९०५ पटक
२०७९ साउन १६, सोमबार प्यूठान

प्यूठानमा सोमबार एक व्यक्ति हराएको ५ दिन पछि मृत फेला परेका छन ।

प्यूठान नगरपालिका वडा नं.५ का अन्दाजी ५६ वर्षिय दाईराम थापा जुर्मीकाडाको आरुडाडा स्थित अमिलेगैराको एक खोल्सामा मृत भेटिएको स्थानिय लक्षुमण भण्डारीले बताए ।
भण्डारीका अनुसार थापा साउन १२ गतेका दिन विहान अदुवा, वेसार बेच्न भनी बिजुवार बजार आएका थिए । सोही दिन साझ गाडीमा चामल लिएर घर फर्किएका उनी छिमेकीको घरमा चामल राखेर एकैछिन पछि आउछु भनेर छिमेकीको घरबाट निस्किएका थिए ।
त्यसपछि उनी घर फर्किएका थिएनन् । स्थानियले खोजी गर्दै जादा थापा सोमबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवारमा ल्याइएको छ । मृतक थापा घरमा एक्लै बस्दै आइरहेका थिए ।

घटनाबारे थप अनुसन्धान भैरहेकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...