News Portal

रेडियो सुन्नुहोस्

कृषि विकास बैंक शाखा कार्यालय भिङ्ग्रीद्वारा वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षाको उद्घाटन

नाेमराज (पाैडेल शर्मा)२०७९ श्रावण १६, प्यूठान
१८०२ पटक
२०७९ श्रावण १६, प्यूठान

कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय भिङ्ग्रीको आयोजनामा प्रज्वलित सामाजिक उधमी महिला सहकारी सस्था स्वर्गद्वारी नगरपालिका वडा न ४ जिमुरपाटामा एक कार्यक्रमकाबिच वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षाको उद्घाटन गरेको छ ।

नेपाल सरकार मार्फत आइ.एफ.ए.डी.को अनुदान सहयोगमा सञ्चालित RPSF–APlA/VITA परियोजना अन्तर्गत कृषि विकास बैंकले वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम सुरु गरेको हो । विशेषगरी किसान एप र किसान क्रेडिट कार्डका माध्यमबाट कृषकको व्यवसायिक पहुँच वृद्धि गर्ने लक्ष्य कार्यक्रमको रहेको बैंकले जनाएको छ । शाखा अन्तर्गत उक्त सहकारीमा ४ वटा कक्षा संचालन हुने कृषि विकास बैक शाखा भिङ्रीका प्रबन्धक लक्ष्मी नारायण चौधरीले जानकारी दिए । उहाँका अनुसार एउटा समुहमा २५ जनाका दरले किसानहरु सहभागी हुने बताए । आपूर्ति शृंंखलामा संलग्न साना किसानहरु, संकलक तथा प्रशोधनकर्ता, उद्यमीहरु, कम्तीमा ३० प्रतिशत युवा एवं दलित जनजाती लगायत पिछडिएका वर्गलाई लक्षित गरिएको छ । उक्त कार्यक्रमबाट प्रत्येक्ष रुपमा १०० र अप्रत्यक्ष रुपमा ५०० भन्दा बढी कृषक लाभान्वित बैंकले जनाएको छ । स्वर्गद्वारी नगरपालिका मेयर टेक प्रसाद भण्डारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम गैरे तथा स्वर्गद्वारी नगरपालिका वडा न ४ का वडा अध्यक्ष सुवर्णमान श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै स्वर्गद्वारी नगरपालिका मेयर टेक प्रसाद भण्डारीले कृषि बिकास बैकले बिगत ५५ बर्ष देखि कृषकको हितमा काम गर्दै आएको कुरालाइ स्मरण गर्दै यस्ता कार्यक्रमले आगामी दिनहरुमा पनि थप महिला शशक्तिकरणमा सहयोग पुग्ने हुदा निकै महत्वको साथ कक्षा लिन अनुरोध समेत गरेका छन् । आपूर्ति शृङ्खला र मुल्य शृङ्खलाबारे जानकारी दिँदै कार्यक्रमले कृषकहरुको वित्तीय तथा व्यवसायिक ज्ञानमा वृद्धि भइ जीवनस्तरमा परिवर्तन भए मात्र कार्यक्रमको औचित्य रहने साथै कृषि विकास बैकको किसान क्रेडिट काड र किसान एपको महत्व बारे कृषि विकास बैक लिमिटेडका कार्यक्रम सुपरभाइजर नोमराज पौडेलले जानकारी दिए । सहकारी अध्यक्ष जीवा रावल क्षेत्रीले आफुहरु कृषि विकास बैकको सेवा प्रति निकै खुसी रहेको बताउदै बैकसँग आगामी दिनमा थप साझेदारी मार्फत कृषकको हितमा काम गर्न इच्छुक रहेको बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...