News Portal

रेडियो सुन्नुहोस्

गौमुखीको तामाखानीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदै

झुलेनी पोष्ट२०७९ भदौ ६, प्यूठान
११६३ पटक
२०७९ भदौ ६, प्यूठान

यस वर्ष पालिकाबाट १० लाख बजेट विनियोजन

गौमुखीमा रहेको तामाखानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । गौमुखी गाउँपालिका वडा नं.४ पुजा स्थित जादगाउँमा रहेको तामाखानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको गौमुखी गाउँपालिकाले जनाएको छ ।

गौमुखी गाउँपालिकाले तामाखानीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भनी यस वर्ष पालिकाबाट १० लाख रुपैया बजेट विनियोजन गरेको छ । तामाखानी अवलोकनका लागि त्यहाँ सिढी, रेलिङ्ग, सोलार बत्ती व्यवस्थापन एवम् अन्य भौतिक संरचनाहरुको विकास विस्तार गरिने पालिका उपाध्यक्ष महाविर रानाले बताए ।
परापुर्व कालमा उक्त स्थानबाट तामा उत्खनन् गरि बनाइएका भाडाकुडाहरु त्यहाँका स्थानीयले अझै पनि प्रयोग गर्दै आइरहेका छन् ।

परम्परागत रुपमा उत्खन्न हुदै आएको तामाखानी बन्द रहेको धेरै वर्ष भैइसकेको छ । राणा शासानको वेला सम्म तामाखानी उत्खनन् गरि त्यहाँका स्थानीयहरुले दैनिक गुजारा चलाउदै आएको स्थानीय बुढापाका बताउछन् ।

उक्त स्थानको पहिचान जोगाउने उद्देश्य सहित पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...