News Portal

रेडियो सुन्नुहोस्

गौमुखीको तामाखानीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदै

झुलेनी पोष्ट२०७९ भदौ ६, प्यूठान
१४६७ पटक
२०७९ भदौ ६, प्यूठान

यस वर्ष पालिकाबाट १० लाख बजेट विनियोजन

गौमुखीमा रहेको तामाखानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । गौमुखी गाउँपालिका वडा नं.४ पुजा स्थित जादगाउँमा रहेको तामाखानीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको गौमुखी गाउँपालिकाले जनाएको छ ।

गौमुखी गाउँपालिकाले तामाखानीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भनी यस वर्ष पालिकाबाट १० लाख रुपैया बजेट विनियोजन गरेको छ । तामाखानी अवलोकनका लागि त्यहाँ सिढी, रेलिङ्ग, सोलार बत्ती व्यवस्थापन एवम् अन्य भौतिक संरचनाहरुको विकास विस्तार गरिने पालिका उपाध्यक्ष महाविर रानाले बताए ।
परापुर्व कालमा उक्त स्थानबाट तामा उत्खनन् गरि बनाइएका भाडाकुडाहरु त्यहाँका स्थानीयले अझै पनि प्रयोग गर्दै आइरहेका छन् ।

परम्परागत रुपमा उत्खन्न हुदै आएको तामाखानी बन्द रहेको धेरै वर्ष भैइसकेको छ । राणा शासानको वेला सम्म तामाखानी उत्खनन् गरि त्यहाँका स्थानीयहरुले दैनिक गुजारा चलाउदै आएको स्थानीय बुढापाका बताउछन् ।

उक्त स्थानको पहिचान जोगाउने उद्देश्य सहित पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...