News Portal

रेडियो सुन्नुहोस्

मंसिर ४ को निर्वाचनको लागि उम्मेदवार छान्दै दलहरु

झुलेनी पोष्ट२०७९ भदौ २१, प्यूठान
४६० पटक
२०७९ भदौ २१, प्यूठान

जिल्लामा क्रियाशिल मुख्य राजनितीक दलहरुले आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन थालेका छन् । यसको लागि दलहरुले संभावित उम्मेदवारहरुको सिफारिस गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस राजमो र जनता समाजवादी पार्टीले उम्मेदवारको टुंगो लगाईसकेका छन् ।

नेकपा माओवादी केन्द्र प्यूठानले उम्मेदवारको टुंगो लगाउन बाँकी छ । नेकपा माओवादी केन्द्र प्यूठानले प्रदेशसभा चुनावका लागि क्षेत्र नं. ‘क’ मा नेता कृष्ण अधिकारीको नाम सर्वसम्मत सिफरिस गरेको छ । माओवादी केन्द्र प्यूठानको मंगलबार वसेको क्षेत्रिय कमिटीको बैठकले उनको नाम सर्वसम्मत सिफरिस गरेको हो ।

यस्तै बैठकले प्रतिनिधीसभा चुनावका लागि कृष्णध्वज खड्का, लिलामणी पोख्रेल, नारायण प्रसाद अधिकारी र वाइवी थापा गरि ४ जनाको नाम सिफारिस गरेको छ ।
प्रतिनिधीसभा चुनाव क्षेत्र नं. ‘ख’ का लागि (भोली) बुधबार बैठक वस्ने नेकपा माओवादी केन्द्र प्यूठानले जानकारी दिएको छ ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्युठान जिल्ला इन्चार्ज सूर्य थापा प्यूठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।
थापालाई पार्टीले पहिलोपटक प्रत्यक्ष निर्वाचनमा उठाएको हो । सोमबार बसेको जिल्ला कमितिको चौथो पूर्ण बैठकले नेता थापाको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरेको जिल्ला अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिए ।

पत्रकारिता पृष्ठभुमिबाट एमालेको पार्टी राजनीतिमा आएका थापा तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीको प्रेस सल्लाहकार समेत रहेका थिए । एमाले प्यूठानका अनुसार प्युठानमा प्रत्यक्षतर्फ प्रदेश क बाट एमालेको लुम्विनी प्रदेश सचिबालय सदस्य तुलसिराम शर्मा र प्रदेश ख बाट केन्द्रीय सदस्य एवं प्यूठान जिल्ला सहईन्चार्ज हरिप्रसाद रिजालको एकल नाम सिफारिस गरेको छ ।

रिजाल २०७४ सालको निर्वाचनमा प्रदेश ‘क’ बाट चुनाब जितेर लुम्बिनी प्रदेशको सहरी तथा ग्रामीण बिकाश मन्त्री समेत वनेका थिए ।
नेपाली कांग्रेस प्यूठानले प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ । पार्टीले समानुपातिकतर्फ ८ जना गरी कूल १४ जना उम्मेदवार टुंगो लगाएको नेपाली कांग्रेस जिल्ला पार्टी सभापति विष्णु कुमार गिरीले जानकारी दिए ।

प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य प्राध्यापक डा. गोविन्दराज पोखरेल, निवर्तमान जिल्ला पार्टी सभापति अमंरप्रसाद भण्डारी, पूर्व पार्टी सभापति सुभास केसी, पूर्व पार्टी सचिव शिव रिजाल, महाधिवेशन प्रतिनिधि खिमानसिँह रायमाझी र विरेन्द्र थापाको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ मुक्ती प्रसाद शर्मा, दिवाकर गौतम, श्रीकृष्ण प्रपन्न सुवेदी, मुक्ती सुवेदी, देविराम पुन, धनलक्ष्मी श्रेष्ठ, नाम बहादुर नेपाली र तिलक विक सिफारिस भएको सभापति गिरीले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले प्यूठानले प्रतिनिधी सभा सदस्य उम्मेदवारमा पूनः दुर्गा पौडेललाई उठाउने निर्णय गरेको छ । राजमोको संसदीय बोर्डको शनिवार बसेको बैठकले पार्टीका उपाध्यक्ष पौडेललाई दोस्रोपटक प्यूठानबाटै उमेदवार बनाउने निर्णय गरेको हो । उनी हाल प्रतिनिधीसभा सदस्य हुन् ।
यस्तै जनता समाजवादी पार्टी प्यूठानले पनि प्रतिनिधीसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीले संघको प्रत्यक्षतर्फ दान बहादुर बस्नेतको नाम तय गरेको छ । त्यस्तै समानुपातिकतर्फ सृजना पोखरेल, केशव के.सि.र भगवती सुवेदीको नाम टुंगो लगाएको हो । प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ प्रकाश सुबेदि र ‘ख’ मा श्रीराम पोखरेललाई सिफरिस गरेको जिल्ला पार्टी अध्यक्ष श्याम गहतराजले जानकारी दिए । आदिबासी जनजातीतर्फ जुद्ध पुन, अशोक पुन मगर दलिततर्फ मिना बि.क र पार्टीका जिल्ला अध्यक्ष श्याम गहतराजलाई सिफारिस गरिएको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

मिडियाकर्मि र स्वास्थ्यकर्मि बिच स्वास्थ्य प्रवर्द्दन सेवा सम्बन्धी पैरबी कार्यक्रम सम्पन्न

स्वास्थ्य निर्देशानालय लुम्बिनी प्रदेशको आयोजनामा सञ्चारकर्मी र स्वास्थ्य कर्मीहरुसंग स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रम...

आहा ! नौकुलोले दिदै छ किसानलाइ खुसी

प्यूठान नगरपालिका १, २ र ३ वडाका स्थानीयले लाभलिने विजयनगरको नौकुलो सिँचाइ योजना निमार्ण पूरा...

असिनाले सेताम्य गौमुखी क्षेत्र, खेतिवालिमा क्षेती (फोटो फिचर)

गौमुखी गाउँपालिका क्षेत्रमा परेको भिषण असिना पानीले यहाँका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुर्याएको छ...

राष्ट्रिय जनमोर्चाद्धारा प्यूठानमा संघियता विरुद्ध प्रदर्शन

राष्ट्रिय जनमोर्चाले संघियताको विरुद्ध प्यूठानमा विरोध ¥याली र विरोध सभा गरेको छ । गत विहिबार...

नेपाल नेत्रज्योति संघले मनायो ४५ औ स्थापना दिवस

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा प्यूठानले विविध कार्यक्रम गरेर आफ्नो ४५ औँ स्थापना दिवस मनाएको...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी