News Portal

रेडियो सुन्नुहोस्

मंसिर ४ को निर्वाचनको लागि उम्मेदवार छान्दै दलहरु

झुलेनी पोष्ट२०७९ भदौ २१, प्यूठान
१६३० पटक
२०७९ भदौ २१, प्यूठान

जिल्लामा क्रियाशिल मुख्य राजनितीक दलहरुले आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन थालेका छन् । यसको लागि दलहरुले संभावित उम्मेदवारहरुको सिफारिस गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस राजमो र जनता समाजवादी पार्टीले उम्मेदवारको टुंगो लगाईसकेका छन् ।

नेकपा माओवादी केन्द्र प्यूठानले उम्मेदवारको टुंगो लगाउन बाँकी छ । नेकपा माओवादी केन्द्र प्यूठानले प्रदेशसभा चुनावका लागि क्षेत्र नं. ‘क’ मा नेता कृष्ण अधिकारीको नाम सर्वसम्मत सिफरिस गरेको छ । माओवादी केन्द्र प्यूठानको मंगलबार वसेको क्षेत्रिय कमिटीको बैठकले उनको नाम सर्वसम्मत सिफरिस गरेको हो ।

यस्तै बैठकले प्रतिनिधीसभा चुनावका लागि कृष्णध्वज खड्का, लिलामणी पोख्रेल, नारायण प्रसाद अधिकारी र वाइवी थापा गरि ४ जनाको नाम सिफारिस गरेको छ ।
प्रतिनिधीसभा चुनाव क्षेत्र नं. ‘ख’ का लागि (भोली) बुधबार बैठक वस्ने नेकपा माओवादी केन्द्र प्यूठानले जानकारी दिएको छ ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्युठान जिल्ला इन्चार्ज सूर्य थापा प्यूठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।
थापालाई पार्टीले पहिलोपटक प्रत्यक्ष निर्वाचनमा उठाएको हो । सोमबार बसेको जिल्ला कमितिको चौथो पूर्ण बैठकले नेता थापाको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरेको जिल्ला अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिए ।

पत्रकारिता पृष्ठभुमिबाट एमालेको पार्टी राजनीतिमा आएका थापा तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीको प्रेस सल्लाहकार समेत रहेका थिए । एमाले प्यूठानका अनुसार प्युठानमा प्रत्यक्षतर्फ प्रदेश क बाट एमालेको लुम्विनी प्रदेश सचिबालय सदस्य तुलसिराम शर्मा र प्रदेश ख बाट केन्द्रीय सदस्य एवं प्यूठान जिल्ला सहईन्चार्ज हरिप्रसाद रिजालको एकल नाम सिफारिस गरेको छ ।

रिजाल २०७४ सालको निर्वाचनमा प्रदेश ‘क’ बाट चुनाब जितेर लुम्बिनी प्रदेशको सहरी तथा ग्रामीण बिकाश मन्त्री समेत वनेका थिए ।
नेपाली कांग्रेस प्यूठानले प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ । पार्टीले समानुपातिकतर्फ ८ जना गरी कूल १४ जना उम्मेदवार टुंगो लगाएको नेपाली कांग्रेस जिल्ला पार्टी सभापति विष्णु कुमार गिरीले जानकारी दिए ।

प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य प्राध्यापक डा. गोविन्दराज पोखरेल, निवर्तमान जिल्ला पार्टी सभापति अमंरप्रसाद भण्डारी, पूर्व पार्टी सभापति सुभास केसी, पूर्व पार्टी सचिव शिव रिजाल, महाधिवेशन प्रतिनिधि खिमानसिँह रायमाझी र विरेन्द्र थापाको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ मुक्ती प्रसाद शर्मा, दिवाकर गौतम, श्रीकृष्ण प्रपन्न सुवेदी, मुक्ती सुवेदी, देविराम पुन, धनलक्ष्मी श्रेष्ठ, नाम बहादुर नेपाली र तिलक विक सिफारिस भएको सभापति गिरीले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले प्यूठानले प्रतिनिधी सभा सदस्य उम्मेदवारमा पूनः दुर्गा पौडेललाई उठाउने निर्णय गरेको छ । राजमोको संसदीय बोर्डको शनिवार बसेको बैठकले पार्टीका उपाध्यक्ष पौडेललाई दोस्रोपटक प्यूठानबाटै उमेदवार बनाउने निर्णय गरेको हो । उनी हाल प्रतिनिधीसभा सदस्य हुन् ।
यस्तै जनता समाजवादी पार्टी प्यूठानले पनि प्रतिनिधीसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीले संघको प्रत्यक्षतर्फ दान बहादुर बस्नेतको नाम तय गरेको छ । त्यस्तै समानुपातिकतर्फ सृजना पोखरेल, केशव के.सि.र भगवती सुवेदीको नाम टुंगो लगाएको हो । प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ प्रकाश सुबेदि र ‘ख’ मा श्रीराम पोखरेललाई सिफरिस गरेको जिल्ला पार्टी अध्यक्ष श्याम गहतराजले जानकारी दिए । आदिबासी जनजातीतर्फ जुद्ध पुन, अशोक पुन मगर दलिततर्फ मिना बि.क र पार्टीका जिल्ला अध्यक्ष श्याम गहतराजलाई सिफारिस गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...