News Portal

रेडियो सुन्नुहोस्

प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको समिक्षा गोष्ठी सम्पन्न

झुलेनी पोष्ट२०७९ भदौ, २३ प्यूठान
११९१ पटक
२०७९ भदौ, २३ प्यूठान

प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको समिक्षा गोष्ठी सम्पन्न भएको छ । बिहिवार माण्डवी गाउँपालिकाको सभाहल जस्पुर प्यूठानमा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाभरका आरोग्य केन्द्र र औषधालयका प्रमुखहरुले आ–आफ्नो संस्थाको प्रगति विवरण प्रस्तुत गरेका छन् । २०७८,७९को समिक्षा गोष्ठीमा प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रबाट ५हजार१सय४८ जना विरामीहरुले आयुर्वेदिक सेवा लिएका छन् ।

जसअन्तर्गत नागरिक आरोग्य केन्द्र मच्छीबाट ३हजार१सय७३ जना, स्वर्गद्धारी नगरपालिकामा दुईवटा औसधालयबाट  ४हजार४सय१२ जना, विस्तारित सेवा केन्द्र विजुवारबाट गत माघ देखी १हजार९सय८जना, ऐरावती नागरिक आरोग्य केन्द्रबाट १हजार७सय४६जना, नागरिक आरोग्य केन्द्र जस्पुरबाट २हजार२सय१४ र नौवहिनी गाउँपालिकाको दुई वटा औषधालयबाट ४हजार१सय५९जना, नागरिक आोग्य केन्द्र ठुलावेसीबाट फागुनदेखी अहिलेसम्म १हजार४सय८० जनाले आयुर्वेदिक सेवा लिएको प्यूठान आयुर्वेदिक स्वास्थ्य केन्द्रका वैद्य निरिक्षक थानेश्वर न्यौपानेले बताए ।

त्यस्तै जिल्लामा पन्चकर्म÷पूर्वकर्म सेवा खंलगा, विजुवार र बाहानेबाट दिईदै आईएको छ । सरुमारानी गाउँपालिकामा प्रत्येक महिनाको एकपटक आयुर्वेद सम्बन्धी औषधीउपचार योग जिवन शैली सम्बन्धी कार्यक्रम संचालन गरिने प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख शिशिर पोख्रेलले बताए ।

कार्यक्रमका प्रमुख अथिती आयुर्वेद तथा वैकल्पीक चिकित्सा महाशाखा लुम्बिनी प्रदेशका प्रमुख डा.पुष्पराज पौडेलले गाउँगाउँमा योग शिक्षालाई प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताउदै स्थानीयस्तरको जडीबुटीलाई नागरिकहरुले अत्याधिक मात्रामा प्रयोग गर्न आग्रह गरेका छन् । आयुर्वेद पद्धतिलाई थप प्रभावकारी वनाउनका लागि आगामी दिनमा नसर्ने रोग सम्बन्धी शिविर संचालन गर्ने, पोषण शिविर संचालन गर्ने, विद्यालयस्तरमा आयुर्वेद सम्बन्धी कार्यक्रम र स्वास्थ्य पर्वधनात्मक शिविर संचालन गरिने उनले बताए ।

त्यस्तै कार्यक्रमका विशेष अतिथी माण्डवी गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले आयुर्वेदिक पद्धतीका कार्यक्रमलाई गाउँपालिकाबाट रचानात्मक सहयोग गरि थप प्रभावकारी वनाउने बताए ।

कार्यक्रमको अध्यक्षता प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितीका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठ, आयुर्वेद तथा वैकल्पीक चिकित्सा महाशाखा लुम्बिनी प्रदेशका प्रमुख डा.पुष्पराज पौडेलको प्रमुख आथित्यता रहेको कार्यक्रमको संचालन आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरिक्षक टुक बहादुर रोकाले गरेका थिए ।

साथै कार्यक्रममा भिग्रीं आयुर्वेद औषधालयकी (कविराज) सविता भट्टराई , नागरिक आरोग्य सेवा केन्द्र झिमरुककी (कविराज) क्रान्तीराज भण्डारी, प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको अभेंगकर्ता तारा खड्का उत्कृट कर्मचारीको रुपमा सम्मानित भएका छन् ।

साथै कार्यक्रममा आयुर्वेद स्वास्थ्यकर्मीहरुको नयाँ कार्यसमिती समेत चयन गरिएको छ । अध्यक्ष विष्णु थापा, उपाध्यक्ष क्रान्तीराज भण्डारी, सचिव नारायण गिरी, कोषाध्यक्ष सविता भण्डारी  र सदस्यहरु सामना परियार र सारदा केसी रहेका छन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...