News Portal

रेडियो सुन्नुहोस्

प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको समिक्षा गोष्ठी सम्पन्न

झुलेनी पोष्ट२०७९ भदौ, २३ प्यूठान
१६४६ पटक
२०७९ भदौ, २३ प्यूठान

प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको समिक्षा गोष्ठी सम्पन्न भएको छ । बिहिवार माण्डवी गाउँपालिकाको सभाहल जस्पुर प्यूठानमा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाभरका आरोग्य केन्द्र र औषधालयका प्रमुखहरुले आ–आफ्नो संस्थाको प्रगति विवरण प्रस्तुत गरेका छन् । २०७८,७९को समिक्षा गोष्ठीमा प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रबाट ५हजार१सय४८ जना विरामीहरुले आयुर्वेदिक सेवा लिएका छन् ।

जसअन्तर्गत नागरिक आरोग्य केन्द्र मच्छीबाट ३हजार१सय७३ जना, स्वर्गद्धारी नगरपालिकामा दुईवटा औसधालयबाट  ४हजार४सय१२ जना, विस्तारित सेवा केन्द्र विजुवारबाट गत माघ देखी १हजार९सय८जना, ऐरावती नागरिक आरोग्य केन्द्रबाट १हजार७सय४६जना, नागरिक आरोग्य केन्द्र जस्पुरबाट २हजार२सय१४ र नौवहिनी गाउँपालिकाको दुई वटा औषधालयबाट ४हजार१सय५९जना, नागरिक आोग्य केन्द्र ठुलावेसीबाट फागुनदेखी अहिलेसम्म १हजार४सय८० जनाले आयुर्वेदिक सेवा लिएको प्यूठान आयुर्वेदिक स्वास्थ्य केन्द्रका वैद्य निरिक्षक थानेश्वर न्यौपानेले बताए ।

त्यस्तै जिल्लामा पन्चकर्म÷पूर्वकर्म सेवा खंलगा, विजुवार र बाहानेबाट दिईदै आईएको छ । सरुमारानी गाउँपालिकामा प्रत्येक महिनाको एकपटक आयुर्वेद सम्बन्धी औषधीउपचार योग जिवन शैली सम्बन्धी कार्यक्रम संचालन गरिने प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख शिशिर पोख्रेलले बताए ।

कार्यक्रमका प्रमुख अथिती आयुर्वेद तथा वैकल्पीक चिकित्सा महाशाखा लुम्बिनी प्रदेशका प्रमुख डा.पुष्पराज पौडेलले गाउँगाउँमा योग शिक्षालाई प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताउदै स्थानीयस्तरको जडीबुटीलाई नागरिकहरुले अत्याधिक मात्रामा प्रयोग गर्न आग्रह गरेका छन् । आयुर्वेद पद्धतिलाई थप प्रभावकारी वनाउनका लागि आगामी दिनमा नसर्ने रोग सम्बन्धी शिविर संचालन गर्ने, पोषण शिविर संचालन गर्ने, विद्यालयस्तरमा आयुर्वेद सम्बन्धी कार्यक्रम र स्वास्थ्य पर्वधनात्मक शिविर संचालन गरिने उनले बताए ।

त्यस्तै कार्यक्रमका विशेष अतिथी माण्डवी गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले आयुर्वेदिक पद्धतीका कार्यक्रमलाई गाउँपालिकाबाट रचानात्मक सहयोग गरि थप प्रभावकारी वनाउने बताए ।

कार्यक्रमको अध्यक्षता प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितीका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठ, आयुर्वेद तथा वैकल्पीक चिकित्सा महाशाखा लुम्बिनी प्रदेशका प्रमुख डा.पुष्पराज पौडेलको प्रमुख आथित्यता रहेको कार्यक्रमको संचालन आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरिक्षक टुक बहादुर रोकाले गरेका थिए ।

साथै कार्यक्रममा भिग्रीं आयुर्वेद औषधालयकी (कविराज) सविता भट्टराई , नागरिक आरोग्य सेवा केन्द्र झिमरुककी (कविराज) क्रान्तीराज भण्डारी, प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको अभेंगकर्ता तारा खड्का उत्कृट कर्मचारीको रुपमा सम्मानित भएका छन् ।

साथै कार्यक्रममा आयुर्वेद स्वास्थ्यकर्मीहरुको नयाँ कार्यसमिती समेत चयन गरिएको छ । अध्यक्ष विष्णु थापा, उपाध्यक्ष क्रान्तीराज भण्डारी, सचिव नारायण गिरी, कोषाध्यक्ष सविता भण्डारी  र सदस्यहरु सामना परियार र सारदा केसी रहेका छन् ।

 

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...