News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ अर्थ/वाणिज्य, बिग न्यूज, समाचार

दसैँपछि काठमाण्डौ फर्कन २० प्रतिशत छुटमा स्वर्गद्वारीको टिकट बुकिङ खुला

स्वर्गद्वारी गौमुखी यातायात प्रा.लि. ले प्युठानबाट काठमाण्डौ फर्कने यात्रुका लागि टिकट अग्रिम बुकिङ खुला गरेको छ। छठसम्म काठमाण्डौ जाने यात्रुलाई तोकिएको भाडादारमा २० प्रतिशत छुट सहित टिकट बुकिङ खुला गरिएको प्रा.लि. का अध्यक्ष चन्द्रमान श्रेष्ठले...बाँकी

हराए गोरु, भित्रिए गाउँमै मिनिटिलर

परम्परागत रूपमा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै गएको छ । सहरी क्षेत्रबाट कृषिमा यान्त्रीकरण ग्रामीण भेगमा समेत देखिन थालेको हो । केही वर्ष यता ग्रामीण क्षेत्रमा गोरुले जोत्ने प्रचलन हराएर मिनिटिलरले जोत्न थालिएको छ ।...बाँकी

वित्तिय क्षेत्रले जनतालाई दुःख दिएको नेकपा बहुमतको आरोप

बैंक तथा वित्तिय क्षेत्रले जनतालाई दुःख दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले यो कार्यलाई तत्काल रोक्न सुझाव दिएको छ । ऋण लिएका जनतालाई अनेक यातना दिने, घरमा ताला लगाइदिने, पशुधन फुकाएर लैजाने जस्ता क्रियाकलापले मानसिक...बाँकी

सात ईलाकामा एकैदिन विजय फूलबारीको साधारणसभा सम्पन्न

विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेश्रो साधारणसभा सम्पन्न भएको छ । सहकारीले शनिबार सात वटा ईलाकामा एकैपटक साधारण सभा सम्पन्न गरेको हो । सबै इलाकाबाट भएका निर्णय प्रमाणीकरण गर्न सोमबार केन्द्रीय कार्यालय...बाँकी

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका हुन् । परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेको...बाँकी

लायन्सद्वारा डायलाईसिस मेसिनका लागि १ करोड ३० लाख हस्तान्तरण

लायन्स क्लब अफ ईन्टरनेसनलले प्यूठान अस्पतालमा डायलाईसिस मेसिन खरिदका लागि १ करोड ३० लाख २७ हजार ५ सय ५७ रुपैयाँको चेक हस्तान्तरण गरेको छ । शनिवार एक कार्यक्रमका बिच क्लबका निवर्तमान गभर्नर मुकुट ढकालले चेक...बाँकी

दम्तीको सवस्टेशन सञ्चालनको तयारी 

८ वर्षदेखि अलपत्र अवस्थामा रहेको प्युठानको दम्ती सवस्टेशनको कामले तीन महिनाभित्र पूर्णता पाउने विद्युत् प्राधिकरण प्यूठान वितरण केन्द्रले जनाएको छ । सवस्टेशन निर्माणकाको क्रममा देखिएको प्राविधिक समस्याको समाधानका लागि पहल भइरहेको र छिटै निर्माण कार्य...बाँकी

५ लाख माथिका योजना ठेक्का मार्फत गराउने निर्णयबारे अदालतद्वारा कारण देखाउ आदेश

५ लाखभन्दा माथिको योजना टेन्डर मार्फत गराउने लुम्बिनी प्रदेश सरकारको निर्णयबारे उच्च अदालत दाङ तुलसिपुरले कारण देखाउ आदेश जारी गरेको छ । लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको...बाँकी

५ लाखभन्दा माथिका योजना ठेक्का मार्फत गराउने लुम्बिनी सरकारको निर्णयविरुद्ध अदालतमा रिट दर्ता

५ लाखभन्दा माथिको आयोजना टेन्डर मार्फत गराउने लुम्बिनी प्रदेश सरकारको निर्णयविरुद्ध अदालतमा रिट परेको छ । लुम्बिनी प्रदेश सरकारले गत श्रावण १३ गते पत्राचार गर्दै ५ लाख भन्दा माथिको योजनालाई प्याकेजिङ गरी अनिवार्य सार्वजनिक प्रतिस्पर्धा...बाँकी

सानु गुल्मेलीद्वारा लिखित कथा सङ्ग्रह ‘ऐँजेरु’को विमोचन

साहित्यकार राजकुमारी कुँवर ‘सानु गुल्मेली’द्वारा लिखित कथा सङ्ग्रह ‘ऐँजेरु’को विमोचन गरिएको छ । मङ्गलवार  साहित्य परिषद् प्युठानले एक कार्यक्रमको आयोजना गरी कथा सङ्ग्रहको विमोचन गरेको हो । साहित्यकार गुल्मेलीका श्रीमान् दिपक खड्काले प्रकाशन गरेको कथा...बाँकी

प्युठानमा ५ लाख ३५ हजार विद्युत् बक्यौता उठ्न बाँकी

प्युठानमा गत आर्थिक वर्षको ५ लाख ३५ हजार रुपैयाँ विद्युत् बक्यौता उठ्न बाँकी रहेको छ । विद्युत् बक्यौता उठाउनका लागि प्राधिकरणले ५ सय ३९ ग्राहकको लाइन काटेकोमा ४१ ग्राहकले अझै नजोडेको नेपाल विद्युत् प्राधिकरण प्यूठान...बाँकी

प्युठानका क्रियाशील पत्रकारनै छैनन् महासङ्घको सदस्य

प्यूठान जिल्लाका विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरू नेपाल पत्रकार महासङ्घको साधारण सदस्य छैनन् । पत्रकार महासङ्घले क्रियाशील पत्रकारलाई सदस्यता नदिनु दुःखद पक्ष भएको जिल्लाका अग्रज पत्रकारहरूको भनाइ छ । यसले गर्दा पत्रकारहरूको पेसागत मुद्दा उजागर गर्ने...बाँकी