राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा प्युठानबाट पिम बहादुर पुन सर्वसम्मत निर्वाचित भएका छन । पोखरामा भएको १० औँ महाधिवेशन बाट उनी लुम्बीनी प्रदेशको भुगोल प्युठान बाट केन्द्रिय सदस्यमा सर्बसम्मत निर्बाचित भएका हुन । संघको...बाँकी
उद्योग वाणिज्य संघले आगलागि पीडित व्यवसायिलाई राहत रकम हस्तान्तरण गरेको छ । झिमरुक गाउँपालिका ५ का नवराज पोखरेललाई उद्योग वाणिज्य संघ प्यूठानका अध्यक्ष सन्देश आचार्यले राहत वापतको ६० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । पोखरेलले...बाँकी
सरुमारानी गाउँपालिका ४ का काशीराम शर्माले वषौँदेखि बाँझो रहेको जमिन भाडामा लिएर चक्लाबन्दी अदुवा–बेसार खेती सुरु गरेका छन् । सुपा देउराली तरकारी फर्म दर्ता गरेर शर्माले बाझिएर जङ्गल बनिसकेको जमिनमा चक्लाबन्दी खेती सुरु गरेका हुन् । उनले...बाँकी
बाग्दुला–मच्छि–ठुलावेशी सडक कालोपत्रे हुने चर्चाले त्यस सडकबाट यात्रा गर्ने उत्तरी प्यूठानका जनतामा आशा जगाएको छ । २०५४ सालदेखि सहिद मित्रमणी मार्गको नामबाट सुरु भएको बाटो ट्र्याक ओपान भएको वर्षौँ पछि विभिन्न निकायबाट बजेट परेर काम...बाँकी
प्यूठान नगरपालिकाले अपाङ्ग किसानलाई कुखुराको चल्ला वितरण गरेको छ । नगरपालिकाको चालु आर्थिक वर्षको सिप विकास तालिम सञ्चालन तथा टेवा कार्यक्रम अन्तरगत ६ सय उन्नत जातको कुखुराको चल्ला वितरण गरिएको पशुपन्छी विकास शाखा प्रमख गिरीराज...बाँकी
प्यूठानको नौबहिनी गाउँपालिका–७,को मैरामारे देखि प्यूठान नगरपालिका–५ जुम्रीकाँढा सडक ट्याक ओपन भएको छ । स्थानीयले चन्दा सङ्कलन गरेर थालेको सडक १२ वर्षपछि खुलेपछि स्थानीय हर्षित छन् । वर्षौँदेखि खाम्म्रीबास स्थित नंगेनीभिरको पहरो छेड्न नसकेर अड्केको...बाँकी
नौवहिनी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार नौवहिनी गाउँपालिका वडा नं. ३ को कार्यालय सारीवाङ्ग सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । वडा नं. ३ का वडाअध्यक्ष...बाँकी
प्यूठान आङ खस्ने महिलाका लागी निशुल्क शल्यक्रिया सिविर संचालन हुने भएको छ । शुक्रवार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका सरोकारवालाको बैठकमा सिविर संचालन हुने जानकारी गराएको छ । जेठ १५ गते देखी २१ गते सम्म सञ्चालन...बाँकी
प्यूठान अस्पताल भवन अलपत्र परेको छ । निर्माणको जिम्मा दिएको ठेकेदार बेखबर छन् । भवन निर्माणको ठेक्का ग्राण्ड डिजाइन कन्स्ट्रक्सन प्रा.लि नेपालगन्जले लिएको थियो । निर्माण गर्दै गर्दा निर्माण कम्पनी सम्पर्क विहीन भएपछि कारबाही प्रक्रिया...बाँकी
अनेरास्ववियुको ६१ औँ तथा राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा प्यूठानमा रक्तदान र फलफूल वितरण गरिएको छ । प्यूठान अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रगत दान गरेका छन् । साथै अस्पतालमा उपचाररत...बाँकी
सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी पत्रकारहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालय खलङ्गामा सम्पन्न भएको छ । मल्लरानी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा वैदेशिक रोजगारीको अवस्था, जोखिमका क्षेत्र र अपनाउनुपर्ने सावधानी बारे छलफल भएको थियो...बाँकी
प्यूठान प्रवेश गर्ने मुख्य सडक भालुबाङ–प्यूठान सडकमा सवारी चाप बढे पनि डबल लेन गर्ने काम अझै सुरु भएको छैन । प्यूठान सदरमुकाम खलङ्गा सम्मको सडकलाई दुई लेन बनाउने योजना अघि सारिएको वर्षौ भए पनि कार्यान्वयन...बाँकी