News Portal

रेडियो सुन्नुहोस्

न्यायिक समितिका अधिकांस मुद्धाहरु मेलमिलापबाटै टुंगिन्छन्ः उपमेयर वर्मा

झुलेनी नेटवर्क२०८२ श्रावण ७
६०० पटक
२०८२ श्रावण ७

न्यायिक समितिमा आउने अधिकांस मुद्धाहरु मेलमिलाम मार्फत टुंगिने प्यूठान नगरपालिकाका उपमेयर एवं न्यायिक समितिका संयोजक देवेन्द्र वर्माले वताएका छन् । नगरपालिकामा न्यायिक समितिमार्फत भएका प्रगतिको बारेमा जानकारी दिदै संयोजक वर्माले मेलमिलाप नै प्राथमिकतामा रहेको बताए ।

वर्माले कतिपय मुद्धाहरुमा नगरपालिकाले देशभरकै नमुना रुपमा मेलमिलाप गराएको बताए । उनले सार्वजनिक गरेको प्रगति विवरणमा नगरपालिकामा हालसम्म १ सय ९६ विवद आएको जसमध्य १ सय ७० मेलमिलापमार्फत टुंगिएको, २ वटा फैसला गरिएको र २४ वटा प्रक्रियामा रहेको उल्लेख छ ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार प्यूठान नगरपालिकामा लैंगिक हिंसा र घरेलु हिंसाका विवाद ४० प्रतिशत रहेका छन् । सोहि आर्थिक वर्षमा नगरपालिकाले समुदाय र विद्यालय तहमा न्यायिक सचेतना कार्यक्रममा ९ सय १० जना सहभागि भएको वर्माले बताए ।
बुधबार नगरपालिकाले पत्रकार भेटघाट गरि प्रगति विवरण सार्वजनिक गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...