News Portal

रेडियो सुन्नुहोस्

न्यायिक समितिका अधिकांस मुद्धाहरु मेलमिलापबाटै टुंगिन्छन्ः उपमेयर वर्मा

झुलेनी नेटवर्क२०८२ श्रावण ७
४४३ पटक
२०८२ श्रावण ७

न्यायिक समितिमा आउने अधिकांस मुद्धाहरु मेलमिलाम मार्फत टुंगिने प्यूठान नगरपालिकाका उपमेयर एवं न्यायिक समितिका संयोजक देवेन्द्र वर्माले वताएका छन् । नगरपालिकामा न्यायिक समितिमार्फत भएका प्रगतिको बारेमा जानकारी दिदै संयोजक वर्माले मेलमिलाप नै प्राथमिकतामा रहेको बताए ।

वर्माले कतिपय मुद्धाहरुमा नगरपालिकाले देशभरकै नमुना रुपमा मेलमिलाप गराएको बताए । उनले सार्वजनिक गरेको प्रगति विवरणमा नगरपालिकामा हालसम्म १ सय ९६ विवद आएको जसमध्य १ सय ७० मेलमिलापमार्फत टुंगिएको, २ वटा फैसला गरिएको र २४ वटा प्रक्रियामा रहेको उल्लेख छ ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार प्यूठान नगरपालिकामा लैंगिक हिंसा र घरेलु हिंसाका विवाद ४० प्रतिशत रहेका छन् । सोहि आर्थिक वर्षमा नगरपालिकाले समुदाय र विद्यालय तहमा न्यायिक सचेतना कार्यक्रममा ९ सय १० जना सहभागि भएको वर्माले बताए ।
बुधबार नगरपालिकाले पत्रकार भेटघाट गरि प्रगति विवरण सार्वजनिक गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...