News Portal

रेडियो सुन्नुहोस्

पढाई सुधार्न, विद्यालयमा अनुगमन

झुलेनी नेटवर्क२०८२ जेठ २२
५६८ पटक
२०८२ जेठ २२

शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयहरूको अनुगमन थालिएको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर बढाउने उद्देश्यले अनुगमन थालिएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले जनाएको छ । पहिलो चरणमा मल्लरानी, माण्डबी गाउँपालिका र प्यूठान नगरपालिकाका विद्यालयहरुमा अनुगमन सकिएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्काले जानकारी दिए । इकाई प्रमुख खड्का नेतृत्वको विज्ञ सहितको टोलीले विद्यालयको अनुगमन गरेका हुन् ।

माण्डवी गाउँपालिकाको सुन्नानी आधारभूत माध्यमिक विद्यालय माण्डवी –२ मर्कावाङ, गणेश आधारभुत विद्यालय माण्डवी–२ ढिकावन,अरुणा भवानीश्वरी प्राथमिक विद्यालय माण्डवी–१ कुमालटार र भवानीश्वरी आधारभूत विद्यालय माण्डवी –३ जस्पुरको अनुगमन गरेको हो । त्यस्तै प्यूठान नगरपालिकाको शारदा माध्यमिक विद्यालय प्यूठान नगरपालिका –३ सापडाँडा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्यूठान न.पा.–४ टारी र क्षेत्र विकास माध्यमिक विद्यालय प्यूठान न.पा.–७ पुण्यखोलाको अनुगमन गरेको थियो । मल्लरानी गाउँपालिकाभित्र रहेका विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गरीसकेको प्रमुख खड्काले जानकारी दिए । बाँकी रहेका स्थानीय तहका विद्यालयहरुको क्रमश अनुगमन गरिने उनले बताए ।

विद्यालयमा विद्यमान समस्या र विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको बिषयमा प्रधानाध्यापक तथा शिक्षकहरूसँग समस्या समाधानका लागि छलफल समेत गरिएको थियोे। विद्यार्थीको शैक्षिक स्तर वृद्धि गर्न सबैभन्दा पहिले सानो कक्षाको जग बलियो बनाउनु पर्ने सुझाब दिइएको खड्काले बताए । सामुदायिक विद्यालयहरुको आन्तरिक मुल्यांकनको पाटो कमजोर रहेकाले आन्तरिक मुल्यांकन फाराम प्रभावकारी बनाउन सुझाब दिएको उनले जानकारी दिए ।

विद्यालयमा भएका सामग्री र उपकरणको उपयुक्त ढङ्गले प्रयोग र संरक्षण हुन नसकेको र सूचना प्रविधिको प्रयोग राम्रोसंग नभएको, अभिभावकसँग विद्यार्थीको सिकाइ उपलब्धि र विद्यालयको विकासबारे नियमित छलफल र अन्तव्रिर्mया नभएको जस्ता कमीकमजोरी पाइएकाले सुधार गर्न सुझाब दिईएको छ ।

सामुदायिक विद्यालयहरुले निजी विद्यालयहरुसँग प्रतिस्पर्धा गर्न र शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विद्यार्थीहरुलाई अंग्रेजीमा दक्ष बनाउन आवश्यक अनुगमन टोलीले सुझाब दिएको छ । शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा बहादुर खड्का, शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका पूर्व प्रमुख शिवराज पण्डित,बिषय विज्ञ शिक्षकहरु खिम बहादुर राउत (नेपाली),केशवराज पण्डित (गणित र विज्ञान ) र छत्र बहादुर धामी क्षेत्री (अंग्रेजी),कार्यालयका प्राविधिक सहायकहरु नर बहादुर खड्का,महेन्द्र कुमार सिंह कुर्मी,पत्रकार लगायतको उपस्थिति थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...