
नौबहिनी गाउँपालिकाको आयोजना र झुलेनी युनाइटेड नेटवर्कको सहजीकरणमा बिहिबार नौबहिनी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०८९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
नौबहिनी गाउँपालिका अध्यक्ष डिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले पालिकाले प्रदान गर्ने सेवाबारे गुनासो गरेका थिए । नौबहिनी गाउँपालिका भित्र निर्माण गर्ने भनेको पालिकास्तरीय अस्पताल, बाग्दुला बहाने, स्याउलीबाङ सडक लगायत बिषयमा सहभागिहरुले चासो राखेका थिए ।
बहिरगमन अभिमत, नागरिक प्रतिबेदन र कार्यक्रममा प्रत्येक्ष सहभागिहरुले गरेका प्रश्नको सवाफ अध्यक्ष थापा र प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले दिएका थिए । अस्पतालको विषय राजनीतिक मुद्दा भएकाले राजनीतिक सहमति गराउन पहल भैरहेको अध्यक्ष थापाले प्रश्न कर्ताहरुलाइ प्रस्टाएका थिए । सार्जजनिक सुनुवाइ कार्यक्रमले सेवा प्रवाह गर्ने निकाय र सेवा ग्रहीविचको दुरी घटाउने पालिकाले अपेक्षा गरेको अध्यक्ष थापाले बताए ।
