News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीमा सम्पन्न भो सार्वजनिक सुनुवाई

झुलेनी नेटवर्क२०७९ भदाै ३०
८५४ पटक
२०७९ भदाै ३०

नौबहिनी गाउँपालिकाको आयोजना र झुलेनी युनाइटेड नेटवर्कको सहजीकरणमा बिहिबार नौबहिनी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०८९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
नौबहिनी गाउँपालिका अध्यक्ष डिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले पालिकाले प्रदान गर्ने सेवाबारे गुनासो गरेका थिए । नौबहिनी गाउँपालिका भित्र निर्माण गर्ने भनेको पालिकास्तरीय अस्पताल, बाग्दुला बहाने, स्याउलीबाङ सडक लगायत बिषयमा सहभागिहरुले चासो राखेका थिए ।
बहिरगमन अभिमत, नागरिक प्रतिबेदन र कार्यक्रममा प्रत्येक्ष सहभागिहरुले गरेका प्रश्नको सवाफ अध्यक्ष थापा र प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले दिएका थिए । अस्पतालको विषय राजनीतिक मुद्दा भएकाले राजनीतिक सहमति गराउन पहल भैरहेको अध्यक्ष थापाले प्रश्न कर्ताहरुलाइ प्रस्टाएका थिए । सार्जजनिक सुनुवाइ कार्यक्रमले सेवा प्रवाह गर्ने निकाय र सेवा ग्रहीविचको दुरी घटाउने पालिकाले अपेक्षा गरेको अध्यक्ष थापाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...