News Portal

रेडियो सुन्नुहोस्

मिनाका जुम्ल्याहा सन्तान, प्यूठान अस्पतालमै भयो ८ महिनाको सफल सल्यक्रिया

बाेम बहादुर परियारकार्तिक २१
१६५० पटक
कार्तिक २१

प्युठान,
मल्लरानी गाउपालिका २ चुजाकी मिना नेपाली गत १६ गते गर्भवती जाँच गराउन प्युठान अस्पतालमा आएकी थिईन ।
अस्पतालमा मिनालाई चेक जाँच गरि हेर्दा पेटमा दुईवटा बच्चा देखियो ।
उनको बच्चा जन्मिने समय पुगेको थिएन ।
मिनालाई प्रेसर पनि बढी भएको कारण प्रेसर घटाउने औषधि दिएर अस्पतालमा भर्ना गरियो ।           

लामो समयपछि मिनाको प्रेसर केही कन्ट्रोल भयो । त्यसपछि प्युठान अस्पतालका एम डि जि पि डाक्टर सन्तोस केसिले बालरोग बिसेसज्ञ डाक्टर सौरभ श्रेष्ठसङ्ग सल्लाह गरि सोमबार ८ महिनामै मिनाको अपरेसन गर्ने निधो गरे ।
सोमबार दिउँसो मिनाको सफल अपरेसन भयो ।

मिनालाई दुईवटा जुम्ल्याहा छोरी समेत जन्मियो ।
यस्तो अबस्थामा प्युठान जिल्ला अस्पतालमा दक्ष जनशक्ति नभएको भए आमा र बच्चाको अबस्था गम्भीर रहन सक्ने डाक्टर केसिले बताए । जसले गर्दा बिरामिको ठूलो खर्च हुनबाट जोगियो ।
यस्ता गम्भीर प्रकारका सल्यक्रिया प्युठानमै हुनु भनेको सम्पुर्ण प्युठान बासी लगायत छिमेकि जिल्लाबासिहरुका लागि पनि खुसिको कुरा रहेको उनले बताए ।

अस्पतालमै बाल रोग बिसेसज्ञ डाक्टर सौरभ श्रेष्ठ , डाक्टर पारुल खड्का , एनेस्थेसिया मधु सुनार नर्सिङ कर्मचारी लगायत राम्रो टिम भएकै कारण अपरेसन गर्न सहज भएको डाक्टर केसिले बताए ।

अहिले बच्चाका बुवा सङ्कर नेपाली खुसी हुँदै आफ्ना जुम्ल्याहा सन्तानलाई काखमा लिएर अस्पतालमा बसेका छन । उनले आफ्नो श्रीमती र बच्चालाई बचाईदिएको भन्दै डाक्टरहरुलाई धन्यवाद समेत दिए ।

अस्पतालका बालरोग बिसेसज्ञ डाक्टर सौरभ श्रेष्ठका अनुसार अहिले बच्चाहरुको स्वास्थ्य अबस्था राम्रो रहेको बताए ।
त्यसैगरी पछिल्लो समय बिसेसज्ञ सहितको सेवा दिदै आएको प्युठान अस्पतालमा लामो समयसम्म भिडियो एक्सरे सेवा अबरुद्ध हुदा समेत अस्पताल प्रसासनले कुनै चासो नराखेको स्थानियको गुनासो छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...