News Portal

रेडियो सुन्नुहोस्

मिनाका जुम्ल्याहा सन्तान, प्यूठान अस्पतालमै भयो ८ महिनाको सफल सल्यक्रिया

बाेम बहादुर परियारकार्तिक २१
१६८२ पटक
कार्तिक २१

प्युठान,
मल्लरानी गाउपालिका २ चुजाकी मिना नेपाली गत १६ गते गर्भवती जाँच गराउन प्युठान अस्पतालमा आएकी थिईन ।
अस्पतालमा मिनालाई चेक जाँच गरि हेर्दा पेटमा दुईवटा बच्चा देखियो ।
उनको बच्चा जन्मिने समय पुगेको थिएन ।
मिनालाई प्रेसर पनि बढी भएको कारण प्रेसर घटाउने औषधि दिएर अस्पतालमा भर्ना गरियो ।           

लामो समयपछि मिनाको प्रेसर केही कन्ट्रोल भयो । त्यसपछि प्युठान अस्पतालका एम डि जि पि डाक्टर सन्तोस केसिले बालरोग बिसेसज्ञ डाक्टर सौरभ श्रेष्ठसङ्ग सल्लाह गरि सोमबार ८ महिनामै मिनाको अपरेसन गर्ने निधो गरे ।
सोमबार दिउँसो मिनाको सफल अपरेसन भयो ।

मिनालाई दुईवटा जुम्ल्याहा छोरी समेत जन्मियो ।
यस्तो अबस्थामा प्युठान जिल्ला अस्पतालमा दक्ष जनशक्ति नभएको भए आमा र बच्चाको अबस्था गम्भीर रहन सक्ने डाक्टर केसिले बताए । जसले गर्दा बिरामिको ठूलो खर्च हुनबाट जोगियो ।
यस्ता गम्भीर प्रकारका सल्यक्रिया प्युठानमै हुनु भनेको सम्पुर्ण प्युठान बासी लगायत छिमेकि जिल्लाबासिहरुका लागि पनि खुसिको कुरा रहेको उनले बताए ।

अस्पतालमै बाल रोग बिसेसज्ञ डाक्टर सौरभ श्रेष्ठ , डाक्टर पारुल खड्का , एनेस्थेसिया मधु सुनार नर्सिङ कर्मचारी लगायत राम्रो टिम भएकै कारण अपरेसन गर्न सहज भएको डाक्टर केसिले बताए ।

अहिले बच्चाका बुवा सङ्कर नेपाली खुसी हुँदै आफ्ना जुम्ल्याहा सन्तानलाई काखमा लिएर अस्पतालमा बसेका छन । उनले आफ्नो श्रीमती र बच्चालाई बचाईदिएको भन्दै डाक्टरहरुलाई धन्यवाद समेत दिए ।

अस्पतालका बालरोग बिसेसज्ञ डाक्टर सौरभ श्रेष्ठका अनुसार अहिले बच्चाहरुको स्वास्थ्य अबस्था राम्रो रहेको बताए ।
त्यसैगरी पछिल्लो समय बिसेसज्ञ सहितको सेवा दिदै आएको प्युठान अस्पतालमा लामो समयसम्म भिडियो एक्सरे सेवा अबरुद्ध हुदा समेत अस्पताल प्रसासनले कुनै चासो नराखेको स्थानियको गुनासो छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...