News Portal

रेडियो सुन्नुहोस्

भर्लेनी सामुदायिक वनको आमभेला सम्पन्न, नयाँ कार्यसमिति चयन

सागर रिजालप्युठान, २१ असोज
१६६१ पटक
प्युठान, २१ असोज

भर्लेनी रेङझेङ खोला सामुदायिक वन उपभोक्ता समुह ऐरावती गाउँपालिका वडा नंम्बर ६ विजुली हात्तिपाईलाको आमभेला भव्य रुपमा सम्पन्न भएको छ । समुहका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षता बाट शुरु भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।

वि.स. २०६९ सालमा गठन गरिएको उक्त समुहमा विजुलीका ३ सय ८५ महिला र ३ सय ६५ पुरुष उपभोक्ता सदस्य रहेका छन् । हाँलसम्म समुहको आम्दानी ९६ हजार १ सय ५३ रहेको समुहका अध्यक्ष कृष्णराज पौडेलले बताए । उनले भने,‘११ हजार ४ सय ५ खर्च गरि जम्मा ८४ हजार ८ सय ४७ रुपैयाँ अनुदानका कार्यक्रममा लगाएका छौ । ’समुहले विजुलीका ६० घरपरिवारलाई अनुदानमा बाख्रा वितरण गरेको समेत उनले जानकारी दिए ।

आमभेलालाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले यसठाउँबाट निर्वाचित उम्मेदवारको नाताले यस गाउँको सुख दुखमा सधै साथ दिन तत्पर रहेको बताए । उनले भने, ‘यस क्षेत्रको विकासमा पूर्ण रुपमा लाग्छु । ’ अहिलेको संविधानले हामी सबैको अधिकार, कर्तव्य र जिम्मेबारी आ– आफ्नो ठाउँमा स्पष्ट्र पारिदिएको बताएदै उनले राज्यबाट मात्र पाउँने आस नगरेर हुनेहरुले राज्यलाइृ कर दिएर मुलुकको समृद्धिकमा साथ दिन आग्रह गरे ।

भेलाका प्रमुख अतिथि समेत रहेका उपाध्यक्ष बस्नेतले यस क्षेत्रमा खोपानीको समस्या वढी भएकोले आगामी ३ वर्ष भित्रमा सबै बस्ती क्षेत्रमा खानेपानीको पहुँच पु¥याउने बताए । उनले भने,‘ गाउँपालिकाबाट खानेपानीका लागि बजेट विनियोजन भईसकेको छ । ’ उनलाई समुहले दोसल्ला ओडाएर सम्मान समेत गरेको थियो । सम्मान पछि उनले सम्मान गरेर माया र हौसला दिएकोमा खुसि व्यक्त गरे । वनजंगल मानिसलाई अतिआवश्यक बस्तु हो । उनले भने,‘जीवनयापनमा पर्यावरणको आवश्यकता महत्वपूर्ण छ यसलाई जोगाउनुपर्छ । ’

भेलाले नयाँ कार्यसमितिपनि चयन गरेको छ । रेशम बहादुर थापाको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा यामबहादुर गुरुङ, सचिव बिमला ठेडी, सहसचिव टेक बहादुर थापा, कोषाध्यक्ष मुक्ति बहादुर बस्नेत , सदस्यहरुमा नमा विश्कर्मा, लाली विश्वकर्मा लगाएतका रहेका नवनियुक्त सचिव बिमला ठेडीले जानकारी दिईन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...