News Portal

रेडियो सुन्नुहोस्

पत्रकारले यौन प्रस्ताव नमान्दा मन्त्रीले जागिर खाइदिएको खुलासा

सिखबर संवाददाताकात्तिक ५ काठमाण्डाैं
१६२८ पटक
कात्तिक ५ काठमाण्डाैं

प्रदेश नं । ३ का भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापितले एक जना महिला पत्रकारले यौन प्रस्ताव नमान्दा जागिर खाइदिएको खुलासा भएको छ । तर, घटना हालसालैको नभएर १५ वर्ष अघिको हो ।

काठमाडौं महानगरपालिकाका पूर्व मेयर समेत रहेका स्थापितको यौन प्रस्ताव नमान्दा पत्रकार रश्मिला प्रजापतिको जागिर नै खुस्केको थियो । यो कुरा रश्मिला आफैले सामाजिक संजालमा बताएकी छन् । उनले नेपालीका राजनीतिज्ञ, व्यपारी, कलाकार, मिडिया मालिकबाट महिलामाथि यौन हिंसा भइरहेको बताएकी छन् ।

रश्मिलाले हालै सामाजिक संजालमा आफूमाथि स्थापितले यौन हिंसा गरेको खुलासा गरेकी हुन् । महिलामाथि हुने यौनहिंसा सम्बन्धी अभियान ‘मि टु मुभमेन्ट’मा सहभागिता जनाउदै पत्रकार प्रजापतिले उक्त कुराको खुलासा गरेकी हुन् । हुन त यसअघि यसबारे केही संचारमाध्यमहरुमा लेख नै लेखेकी थिइन् । तर, फेसबुकबाटै मन्त्री स्थापितको चरित्रमाथि प्रश्न उठाउँदै पहिलोपटक लेखेकी हुन् ।

स्थापितले अहिले पनि अन्य महिला पत्रकारहरुलाई यौन शोषण गरिरहेको आफूले थाहा पाएको उनले लेखेकी छन् । केशव स्थापित ‘सेक्सुअल प्रेडेटर’ रहेको आफूले अहिले पनि संसारलाई भन्न चाहेको प्रजापतिले उल्लेख गरेकी छन् ।

यस्तो छ रश्मिलाको स्टाटसः

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...