News Portal

रेडियो सुन्नुहोस्

जबरजस्ती करणीका घट्ना न्युनीकरण गर्न कार्ययोजना निमार्ण गरिने

सागर रिजाल प्युठान, २१ चैत
१४८२ पटक
प्युठान, २१ चैत

प्युठान प्रहरीले जबरजस्ती करणीका घटना न्युनीकरण गर्नका लागि कार्ययोजना निमार्ण गर्ने भएको छ ।
जिल्लामा जबरजस्ती करणीका घटनामा वृद्धि भएपछी कार्ययोजना निर्माण गरि लागु गर्न लागिएको जिल्ला प्रहरि कार्यालय प्यूठानका प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

बुधबार सदरमुकाम खंलगामा जबरजस्तीकरण अपराध अनुसन्धान तथा नियन्त्रण अभियान सञ्चालन गर्न सरोकारवाला संग अन्र्तक्रिया कार्यक्रम मार्फत कार्ययोजना निर्माणकालागि सुझाव संकलन गरिएको छ ।
कार्यक्रममा सहभागीहरुले जबरजस्तीकरणीका घट्ना न्युनीकरण गर्नका लागि राजनैतिक हस्तक्षेप वन्द गर्नुपर्ने, घरेलु हिंसा अन्त्य गर्नुपर्ने, कानुनमा उल्लेख गरिएका कुरालाई व्यवहारमा लागु गर्नुपर्ने, विद्यालय स्तरबाट अपराध न्युनीकरण गर्नका लागि पाठ्यक्रममै विषयबस्तु उल्लेख गर्नुपर्ने लगाएतका सुझावहरु राखेका थिए।


कार्ययोजना निर्माणको क्रममा आवश्यक विषयवस्तु समावेश गर्नका लागि पार्वता आचार्य, जिल्ला बालकल्याण समितिका अध्यक्ष मेघराज भट्ट, जिला बार एसोसिएसन प्युठानका अध्यक्ष डा. शिवराज पण्डित, जिल्ला अस्पतालका डाक्टर शुशिल आचार्यले विषयवस्तुमाथि टिप्पणी राख्नुभएको थियो ।
अन्र्तक्रियामा टिप्पणीका रुपमा आएका विषयबस्तुलाई समेटी ३ महिनामा कार्ययोजना निर्माण गरिने प्रहरी नायव उपरिवेक्षक राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिती प्युठानका प्रमुख केशवराज आचार्यले जिल्लामा संख्यात्मकरुपमा वढेको जबरजस्तीकरणीका घट्ना न्युनीकरण गर्नका लागि स्थानीय तह सम्ममा कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

अपराधका घटना वढे, डिएसपि भन्छन–प्रहरिप्रतिको विश्वास वढ्यो
पछिल्लो समयमा जिल्लामा जवरजस्ति करणि र अपराधका घटनामा वृद्धि भएको छ। जिल्ला प्रहरि कार्यालयको पछिल्लो तिन वर्षको तथ्यांक हेर्दा अपराधका घटना वढि मात्रामा प्रहरिकोमा आईपुगेका हुन।
जिल्ला प्रहरि कार्यालय प्यूठानका प्रमुख राजेन्द्र पोख्रेलले पछिल्लो समय प्रहरिको आउने मुद्धाको संख्यामा वृद्धि भएको वताउनु भयो। कार्यक्रममा वोल्दै पोख्रेलले आम जनतामा प्रहरिप्रतिको विश्वास वढेकाले पनि मुद्धा आउने दर वढेको वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...