News Portal

रेडियो सुन्नुहोस्

जिल्ला अस्पताल प्यूठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नोमराज पौडेलचैत्र ५ गते
१७५४ पटक
चैत्र ५ गते

प्यूठान, जिल्ला अस्पताल बिजुवारलाई आज सहयोग स्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।जिल्लाको एक मात्र सरकारी अस्पताल प्यूठान जिल्ला अस्पताल बिजुवारलाई एक कार्यक्रमक ाबिच सामग्री हस्तान्तरण गरिएको हो।

नर्भिक इन्टरनेशनल हस्पिटल काठ्माण्डौंको सहयोगमा अस्पतालमा आउने बिरामीहरुका लागि आवश्यक पर्ने करिब ३ लाखरुपैंया बरावरकोे ३५ थान म्याट्रेस बेड, ३५ थान सिरानी ,३५ थानब्ल्यांकेट र ७० थान बेड कभर हस्तान्तरण गरिएको हो।
राष्ट्रिय योजना आयोगकापुर्व उपाध्यक्ष डा. गोबिन्द राजपोखरेलको पहलमा नर्भिक इन्टरनेशनल हस्पिटल काठ्माण्डौंले दिएको सामग्री डा. पोखरेलले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अमृत पन्थीलाई प्रदान गर्नुभएको हो। कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले अस्पतालको विकासको लागि आफुहरु लागि परेको भन्दै अस्पतालको विकासमा सहयोग रकम जुटाउन पहलगर्नुभएकोमा डा. पोखरेललाई धन्यवाददिनुभयो ।उहाँलेभन्नुभयो–“ अस्पतालको विकास र सुधारको लागि स्थानियतह देखि प्रदेश र केन्द्रसम्म पहल गरिरहेको छु । नगर प्रमुख भएकोले पनि यसको स्तरोन्नति गर्न र यहाँबाट स्तरिय सेवाप्रदानगर्न सक्ने बनाउनु मेरो दायित्व हो ,यसकालागि म प्रतिबद्ध छु।”उहाँले जिल्ला अस्पताल प्यूठान ५० शैय्यामा स्तरोन्नतिका लागि स्विकृत भैसके पनि आवश्यक जग्गा उपलब्ध नहुँदा काम अगाडी बढाउन नसकिएको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा सहयोग जुटाउन पहल गर्नुभएका डा. पोखरेलले अस्पतालमा उडुसले टोकेर विरामीलाई सास्ती भएको आफुले थाहा पाएको र नर्भिक अस्पतालका फाउन्डर बसन्त चौधरीको सहयोगमा उक्त सामान जिल्ला अस्पताललाई प्रदान गरिएको बताउनु भयो ।उहाँले भन्नु भयो–“जिल्लाको अस्पतालमा सानो भएपनि सहयोग गर्न पाउँदाखुसि लागेको छ ।
अस्पतालको स्तर जति वृद्धि गर्न सक्छौ हामीलाई नै सजिलो हुन्छ ।”जिल्लाको एक मात्र अस्पतालबाट सबै सेवाहरु उपलब्ध गराउन र गुणस्तरिय सेवा प्रदान गर्नका लागि सबै प्यूठानीहरु एकताबद्ध भएर अघि बढ्नु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अमृत पन्थीले आफु जिल्ला अस्पतालमा आएदेखि अस्पतालको सुधारकालागि मेहनतगरिरहेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाददिनुभयो ।उहाँले पहिलेको तुलनामा अस्पतालमा व्यवस्थापन र सेवाको सुधार भएको बताउनुभयो ।नागरिकलाई सहज र गुणस्तरिय सेवा प्रदान गर्नका लागि प्रतिबद्ध रहेको उहाँको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...