News Portal

रेडियो सुन्नुहोस्

त्रसित होईन सजग वन्नुहोस: स्वास्थ्यकर्मी

वोम वहादुर परियार६ चैत्र, प्यूठान
२३८१ पटक
६ चैत्र, प्यूठान

अफवाहको पछि लागेर त्रसित वन्नुभन्दा सजग र सतर्क हुनुपर्ने स्वास्थ्यकर्मिले वताएका छन। स्वास्थ्य कार्यालय प्यूठानमा कोरोना संक्रमणवाट वच्न र अनावश्यक अफवाहलाई रोक्न सरोकारवालाविचको छलफलमा स्वास्थ्यकर्मिले यस्तो वताएका हुन्।

नोबेल कोरोना भाईरसका बिषयमा स्वास्थ्य कार्यालय प्युठान ले जिल्लाका पत्रकार , सन्चारकर्मीहरुसङ्ग गरेको अभिमुखिकरण अन्तरक्रियामा स्वास्थ्यकर्मिले सचेतनाले संक्रमणवाट वचाउने भएपनी अफवाहले नकारात्मक नतिजा दिने वताए। स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदिले सूचना प्रणाली लाई एकद्वार बनाउनुका साथै पत्रकारहरुले सत्य तथ्य सुचना प्रवाह गरे आम जनमानसमा एकै किसिमको संदेश जाने र सम्पुर्ण निकायको सहकार्यले मात्र बिश्वब्यापी रुपमा फैलिएको कोरोना रोगको संक्रमण रोकथाम गर्न सकिने बताउनु भयो ।

त्यस्तै उहाले भन्नुभयो सर्बसाधारणहरुले बाहिरि हल्लाको पछाडी नलागेर आधिकारिक मिडियामा आएका सहि सत्य कुरालाई मात्र बिस्वास गर्न आग्रह गर्नु भयो । प्रदेस नम्बर ५ मा कोरोना संक्रमितहरुको लागि लक्षित गरि २१ वटा अस्पतालमा आईसुलेसन वार्ड को ब्याबस्था गरिएको छ । जस मध्य १०९ वटा बेड रहेका छन २२ वटा हेल्थ डेक्स निर्माण गरिएका छन । जिल्लाका सबै स्थानिय तहहरुसंग पनि कोरोनाका बिसयमा छलफल भैरहेको र स्वास्थ कार्यालय प्युठानले कोरोनाका बिसयमा विभिन्न ब्रोसर र सन्चार माध्यमबाट पत्रपत्रीकाबाट सुचना प्रभाह गर्दै आएको प्रमुख सुबेदीले बताउनु भयो ।

त्यस्तै प्युठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत पन्थिले अस्पतालमा दुर्त प्रतिकार्य टोली स्थापना गरिएको र छुट्टै आईसुलेसन वार्ड को समेत स्थापना गरिएको बताउनु भयो । स्वास्थ कार्यालय प्युठानका प्रमुख विशाल सुबेदिको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा एम्बुलेन्स चालक, पत्रकार, जिल्ला अस्पतालका डाक्टर , स्वास्थ कर्मचारी लगाएको उपस्थितिमा स्वास्थ कार्यालयका कोसलराज बैद्द्यले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...