News Portal

रेडियो सुन्नुहोस्

धैर्य र अनुशासित भएर कोरोनाविरुद्घ लडौँ: सांसद खड्का

'विदेशवाट फर्किएकालाई अनिवार्य कडाईकासाथ क्वारेन्टाईनमा वस्न अनुरोध।'

सिखबर संवाददाता१७ चैत्र, प्यूठान
१०९९ पटक
१७ चैत्र, प्यूठान

प्रदेशसभा सांसद कृष्णध्वज खड्काले धैर्य, अनुशासित र लगनशिल भएर लकडाउनको पालना गरेमा कोरोना संक्रमणवाट वच्न सकिने भन्दै विदेशवाट फर्किनुभएका नागरिकलाई कम्तिमा १४ दिन कडाईका साथ क्वारेन्टाईन वस्न अनुरोध गर्नुभएको छ।
नेपालमा भेटिएका संक्रमणहरु विदेशवाट आएका नेपालिमा भेटिएको भन्दै उहांले विदेशवाट नेपाल आउनुभएका नागरिक परिवार र समुदायवाट अलग्गै सुरक्षित एकान्तवास(क्वारेन्टाईन)मा वसेमा आफन्तहरु घरमा आउंदा संकटमा उर्जा मिल्ने भन्दै उहांले विदेशवाट स्वदेस फर्किएका नेपालिले सरकार र स्वास्थ्यकर्मिको सल्लाहवमोजिम क्वारेन्टाईन(एकान्तवास)मा वसेर सहयोग गर्न अनुरोध गर्नुभएको हो।

“बिदेशमा रहनु भयका असंख्य नेपाली दाजुभाइ दिदिबहिनीहरु स्वदेशमा(घरमा) आउनु भयको छ। उहाँहरु दुखको बेला घरमा आउँदा एकसाथ दुस्मनको विरुद्धमा लड्ने शक्ति प्राप्त भयको छ।” सांसद खड्काले भन्नुभएको छ-“यहि खुशी संगै बिदेशबाट आउनु भयका ५ जनामा संक्रमण देखिँदा नेपाली समाज केही दुखित र चिन्तित पनि भयको छ। यो रोगको विरुद्धमा लड्दा संयमता, धैर्यता, लगनसिलता, अनुशासन, सामुहिकता ,र संकल्पको आबस्यकता हुन्छ।सरकार, डाक्टर, डब्लु एच ओ तथा स्वास्थकर्मिहरुको मार्ग निर्देशनलाई कडाइका साथ पालना गर्नुपर्ने हुन्छ।”

संसद खड्काले कोरोना संक्रमणवाट वच्न लकडाउनको अवस्थामा रहेको सन्दर्भमा विवेक र अनुशासनका साथ चुनौतिसंग जुध्न अनुरोध गर्नुभएको छ।
संकटको समयमा जनताका प्रतिनिधी तपाईहरुले के गरिरहनुभएको छ? भन्ने सिखवरको प्रश्नमा उहांले ‘तत्कालका लागि स्थास्थ्यसामाग्रि, अौषधी, स्वास्थ्यकर्मिका लागि व्याक्तिगत सुरक्षा सामाग्री(पिपिई) व्यवस्थापनका साथै लकडाउनपछी देशका विभिन्न स्थान र विदेशमा अलपत्र पर्नुभएका श्रमिकको उद्घार’मा लागिरहेको वताउनु भयो। साथै सवै तहका सरकार र सरोकारवालाको सहकार्यमा महामारीवाट जनताको सुरक्षाको निम्ति नितिगत तथा व्यवस्थापकिय कार्य भैरहेको र नागरिकलाई ढुक्कसंग होम क्वारेन्टाईनमा वस्न अनुरोध गर्नुभयो।

प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...