News Portal

रेडियो सुन्नुहोस्

धैर्य र अनुशासित भएर कोरोनाविरुद्घ लडौँ: सांसद खड्का

'विदेशवाट फर्किएकालाई अनिवार्य कडाईकासाथ क्वारेन्टाईनमा वस्न अनुरोध।'

सिखबर संवाददाता१७ चैत्र, प्यूठान
१४४० पटक
१७ चैत्र, प्यूठान

प्रदेशसभा सांसद कृष्णध्वज खड्काले धैर्य, अनुशासित र लगनशिल भएर लकडाउनको पालना गरेमा कोरोना संक्रमणवाट वच्न सकिने भन्दै विदेशवाट फर्किनुभएका नागरिकलाई कम्तिमा १४ दिन कडाईका साथ क्वारेन्टाईन वस्न अनुरोध गर्नुभएको छ।
नेपालमा भेटिएका संक्रमणहरु विदेशवाट आएका नेपालिमा भेटिएको भन्दै उहांले विदेशवाट नेपाल आउनुभएका नागरिक परिवार र समुदायवाट अलग्गै सुरक्षित एकान्तवास(क्वारेन्टाईन)मा वसेमा आफन्तहरु घरमा आउंदा संकटमा उर्जा मिल्ने भन्दै उहांले विदेशवाट स्वदेस फर्किएका नेपालिले सरकार र स्वास्थ्यकर्मिको सल्लाहवमोजिम क्वारेन्टाईन(एकान्तवास)मा वसेर सहयोग गर्न अनुरोध गर्नुभएको हो।

“बिदेशमा रहनु भयका असंख्य नेपाली दाजुभाइ दिदिबहिनीहरु स्वदेशमा(घरमा) आउनु भयको छ। उहाँहरु दुखको बेला घरमा आउँदा एकसाथ दुस्मनको विरुद्धमा लड्ने शक्ति प्राप्त भयको छ।” सांसद खड्काले भन्नुभएको छ-“यहि खुशी संगै बिदेशबाट आउनु भयका ५ जनामा संक्रमण देखिँदा नेपाली समाज केही दुखित र चिन्तित पनि भयको छ। यो रोगको विरुद्धमा लड्दा संयमता, धैर्यता, लगनसिलता, अनुशासन, सामुहिकता ,र संकल्पको आबस्यकता हुन्छ।सरकार, डाक्टर, डब्लु एच ओ तथा स्वास्थकर्मिहरुको मार्ग निर्देशनलाई कडाइका साथ पालना गर्नुपर्ने हुन्छ।”

संसद खड्काले कोरोना संक्रमणवाट वच्न लकडाउनको अवस्थामा रहेको सन्दर्भमा विवेक र अनुशासनका साथ चुनौतिसंग जुध्न अनुरोध गर्नुभएको छ।
संकटको समयमा जनताका प्रतिनिधी तपाईहरुले के गरिरहनुभएको छ? भन्ने सिखवरको प्रश्नमा उहांले ‘तत्कालका लागि स्थास्थ्यसामाग्रि, अौषधी, स्वास्थ्यकर्मिका लागि व्याक्तिगत सुरक्षा सामाग्री(पिपिई) व्यवस्थापनका साथै लकडाउनपछी देशका विभिन्न स्थान र विदेशमा अलपत्र पर्नुभएका श्रमिकको उद्घार’मा लागिरहेको वताउनु भयो। साथै सवै तहका सरकार र सरोकारवालाको सहकार्यमा महामारीवाट जनताको सुरक्षाको निम्ति नितिगत तथा व्यवस्थापकिय कार्य भैरहेको र नागरिकलाई ढुक्कसंग होम क्वारेन्टाईनमा वस्न अनुरोध गर्नुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...