News Portal

रेडियो सुन्नुहोस्

जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन

सिखबर संवाददाता१३ वैशाख
९४२ पटक
१३ वैशाख

प्यूठान,विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैर सरकारी संस्था महासंघ नेपाल बीचको सहकार्य गरी कार्य भैरहेका छन् ।
यीनै पक्षहरु सम्मिलित उच्चस्तरीय अनुगमन समिति, प्रदेश स्तरीय अनुगमन समिति र जिल्लाहरुमा समेत समिति गठन गरी कार्य प्रारम्भ भैरहेको छ । यसैसन्दर्भमा मंगलबार बसेको बैठकले प्यूठान जिल्लामा जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन गरिएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका सचिव विजयसिंह भारतीको संयोजकत्वमा गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष नेत्रमणि आचार्य र नेपाल बार एशोसियसन जिल्ला बार ईकाई प्यूठानका सचिव माधवप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरिएको हो । समितिको पहिलो बैठकले जिल्ला स्तरीय मानव अधिकार सञ्जाल प्यूठानका संयोजक पार्वता आचार्य र मानव अधिकार संगठन प्यूठानका अध्यक्ष मेघराज भट्टलाई सदस्यमा मनोनित गरिएको छ।
समितिले कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा नेपाल सरकारबाट भैरहेका कार्यहरु, उपभोक्ताको अधिकार, न्याय प्रशासनमा पहुँच, आवतजावतमा परेको समस्या, स्वास्थ्य सामग्रीको उपलब्धता, औषधीहरुको अभाव, निम्न वर्गको जिवनयापनको समस्या, राहत वितरण, क्वारेण्टाइनको मापदण्ड, स्वास्थ्यकर्मीको मनोबल, सीमामा आइपुगेका नेपालीको समस्या, नीजि अस्पतालको भूमिका, सञ्चार माध्यमको भूमिका, सामाजिक सञ्जालको प्रयोग÷सदुपयोग÷दुरुपयोग, अभिव्यक्ति स्वतन्त्रता, नागरिक सचेतना, नागरिक समाज र मानव अधिकारकर्मीको भूमिका, नागरिकको कर्तव्य जस्ता विषयहरुमा अनुगमन गरी राष्ट्रिय मानव अधिकार आयोग प्रदेश सम्पर्क कार्यालय नेपालगञ्ज समक्ष प्रतिवेदन पेश गर्ने छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...