News Portal

रेडियो सुन्नुहोस्

तिजखर्च र जन्मदिनको खर्च कटाएर विरामिको उपचारमा सहयोग

सुजाता थापा क्षेत्री३२ श्रावण, प्यूठान
१४९८ पटक
३२ श्रावण, प्यूठान

सुर्योदय लघुवित्त बित्तिय संस्था शाखा कार्यालय खनदह अर्घाखाँचीको शाखा प्रमुख सुशिला केसीले तिज खर्च कटाएर शंकर परियारको उपचारमा सहयोग गर्नुभएको छ।

प्यूठानको मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङका शंकर परियारको उपचारको निम्ती उहाँले तिजखर्च कटाएर सहयोग गर्नुभएको हो। “कोरोना भाइरसको उच्च जोखिममा यसपालिको तिज मनाइदैन”  शाखा प्रमुख के.सीले भन्नुभयो–“म तिज खर्च कटाएर त्यो भाईलाई पाँच हजार रुपैयाँ सहयोग गर्छु।” झिमरुक गाउँपालिका वडा नं ६ तोरबाङ प्यूठान निवासी के.सीले हरितालिका तिजमा रमाइलो गर्नका लागि खर्च हुने रकम उपचार दिनुभएको हो।

त्यस्तै, मल्लरानी गाउँपालिका वडा नं. ३ मुन्डाँडा प्यूठान निवासी पदम परियारको जन्म दिन श्रावण २६ गते। हाल रोजगारको शिलशिलामा साउदी बस्दै आएका परियारले शंकरको बिषयमा समाचार पढेपछि जन्मदिन मनाउन खर्च हुने रकमबाट रु तिन हजार सहयोग गर्नुभएको छ। केक काट्ने मन थियो परियारले भन्नुभयो –“ शंकरको बिचल्लीको समाचार पढे, गरिबीको पिडाले मन दुख्यो उनलाई बचाउन सहयोग र्गछु।”

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...