News Portal

रेडियो सुन्नुहोस्

नौवहिनीमा लैङ्गिक हिंसा विरुद्घको अभियानको औपचारीक उद्घाटन

सिखबर संवाददाता१७ मंसिर, प्यूठान
१०४० पटक
१७ मंसिर, प्यूठान

प्रत्येक वर्ष नोवेम्वर २५ देखी डिसेम्वर १० सम्म विश्वव्यापी रुपमा मनाउदै आइएको लैङ्गिक हिंसा विरुद्ध को १६ दिने अभियानको अवसरमा नौवहिनी गाँउपालिकामा एक औपचारीक कार्यक्रम सम्पन्न भएको छ।

बुधवार गाँउपालिकाको सामाजिक विकाश शाखाले लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान-२०७७ को अवसरमा अन्तराष्ट्रिय रुपमा “Orange the world:Fund,Respond,Prevent,Collect!” तथा राष्ट्रिय रुपमा “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता:व्यक्ति,समाज, र सबैको एकबद्धता” भन्ने नारा का साथ औपचारीक उद्घाटन गरी अभियानको शुरुवात गरेको छ।

नौबहिनी गाउँपालिकाका उपाध्यक्ष घन बहादुर बुढा मगर अध्यक्षतामा भएको कार्यक्रममा नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारी, जिल्ला समन्वय समिती सदस्य सुमित्रा सुनार तथा वडा अध्यक्षहरु क्रमश गोपीराम घर्ती मगर,कमल बहादुर घर्ती मगर,अन बहादुर घर्ती मगर,माधव सिँह केसी, डिलमान राना तथा कार्यपालिका सदस्य दमन्ती कामी, चन्द्रा सुवेदी, तारा विक तथा मिलन चोक आमा समुह की अध्यक्ष अन्जु घिमिरे तथा अन्य विभिन्न क्षेत्रमा कार्यरत महिला प्रतिनिधी तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

अभियान उद्घाटन समारोह मा स्वागत मन्तव्य सहित कार्यक्रम वारे प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारी ले जानकारी गराउनु भएको थियो। अभियानको औपचारीक उद्घाटन उपाध्यक्ष घन बहादुर बुढा मगर बाट गरिएको थियो । अभियान को औपचारीक शुरुवात भए संगै अभियान अवधी भरी नौबहिनी गाँउपालिका का विभिन्न सार्वजनिक स्थलहरु मा लैङ्गिक हिंसा सम्वन्धी सन्देशमूलक फ्ल्यास व्यानर टाँस गर्ने तथा लैङ्गिक हिंसा उन्मुलन सम्वन्धी छलफल चलाउने र अन्तिम दिन लैङ्गिक हिंसा सम्वन्धी प्रस्तुतीकरण गरी अभियान सफल पार्ने कार्यक्रम रहेको उपाध्यक्ष बुढा मगर ले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन सामाजिक विकाश शाखा का प्रमुख दामोदर पाण्डे ले गर्नु भएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...