News Portal

रेडियो सुन्नुहोस्

मोबाइल चोरेको आरोपमा बालक माथि कुटपिट

गिता गाैतम पाेख्रेल  १५ साउन २०७८ प्यूठान
९४७ पटक
  १५ साउन २०७८ प्यूठान

मोबाइल चोरेको आरोपमा ऐरावती गाउँपालिका ५ पकलामा ७ वर्षिय बालक माथि निर्घात रुपमा कुटपिट भएको छ ।

ऐरावती गाउँपालिका वडा नं ५ का नमराज श्रेष्ठले मोवाईल चोरी गरेको आरोपमा ७ वर्षिय बालक प्रवेश पाठकमाथि कुटपिट गरेको हो । मंगलबार आफु बाटोमा हिड्दै गर्दा मोवाईल हराएको र उन माथि चोरीको झुठा आरोप लगाउदै कुटपिट गरेको गाउँपालिकाकी बाल सन्जालकी अध्यक्ष मेनुका रावतले जानकारी दिनुभयो ।

बालकको बाहिरी भागमा चोटपटक नदेखिए पनि भित्री असाय चोट भएको हुन सक्ने भन्दै बरौला स्वास्थय चौकीबाट प्यूठान अस्पताल रिफर गरेको पिडीत बालककी आमा लक्ष्मि पाठकले बताइन । बाल सन्जाल र पिडित परिवारले बरौला प्रहरी चौकीमा पिडकलाइ कारवाहीको माग गर्दै उजुरी दिएका छन् । गाउँ घरको घटना भएको भन्दै घरमै मिलाउन खोजेपनि सामान्य उपचारका लागी सम्पर्क गर्दा श्रेष्ठले चासो नदिएपछि प्रहरीमा उजुरी दिएको आमा लक्ष्मि पाठकले बताइन् ।

उता मोवाइल हराएपछि बालकलाई सोधपुछ गर्दा नभेटाएको र पछि उसैको घरमा भेटिएको श्रेष्ठले बताए । बालकलाई सामान्य रुपमा कुटपिट गरेको श्रेष्ठले स्विकार गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...