News Portal

रेडियो सुन्नुहोस्

संक्रमण बढेसँगै नयाँ म्यूटे‌ड भेरियन्टमा ध्यान दिन विज्ञको सुझाव

बिष्णु पाण्डेय१ भदौ २०७८, काठमाडौं
७५० पटक
१ भदौ २०७८, काठमाडौं

गृह मन्त्रालयले पहिलो र दोस्रो लहरमा सूचिकृत अस्पतालहरुलाई पुनः संक्रमितको उपचार गर्न निर्देशन दिएपछि कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरको सम्भावना बढेको पुष्टि भएको स्वास्थ्यविद्हरुले बताउनुभएको छ ।
अस्पतालमा थपिएका संक्रमितहरुको अवस्था र सरकारले उपचार केन्द्र थप गर्न दिएको निर्देशन अनुसार तेस्रो लहरको पुष्टि भएको उहाँहरुले स्पष्ट पार्नुभएको हो ।
ईपिडिमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक तथा भाईरोलोजिष्ट डा. वासुदेव पाण्डेयले कोरोना संक्रमण दरमा कमी नदेखिनु र कोरोनाको नयाँ म्यूटेसन समुदायमा रहेका कारण पनि संक्रमण बढिरहेको हुनसक्ने बताउनुभएको छ ।
अहिलेको अवस्थामा हप्ता हप्तामा समुदायबाट नमूना जम्मा गरेर भाइरसको नयाँ म्यूटेसन भए÷नभएको पत्ता लगाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
खोपको प्रयोगबाट कोरोना संक्रमण दरलाई घटाउन सकिने भए पनि खोप केन्द्रमा नै भीडभाड रहेको र स्वास्थ्य मापदण्डको पालना नभएको कारणले पनि संक्रमण दरलाई नियन्त्रणमा लिन कठिनाई भएको उहाँको दावी छ ।
खोप लगाइसकेकाले स्वास्थ्य मापदण्डको पालनामा बेवास्ता गर्ने गरेको पाइएकाले पनि संक्रमण दरमा कम नभएको उहाँ बताउनुहुन्छ । यस्तै, जनस्वास्थ्यविद् प्रा.डा. केदार बरालले कोरोना संक्रमणमा कमी नआएको हुँदा नयाँ म्यूटेड भेरियन्ट समुदायमा फैलिएको हुन सक्ने भएकाले सबै तथ्याङ्कलाई मसिनो गरी हेर्नुपर्ने, कोही संक्रमितलाई फरक खालको लक्षण देखिनासाथ उक्त व्यक्तिमा भएको भाइरसको पहिचान गर्नुपर्ने उहाँले औंल्याउनुभयो ।
तर भाइरसको म्यूटेसनको जाँचमा सरकार चुकेको भनाइ राख्दै उहाँले खोपको प्रभावकारिताको विषयमा पनि सरकारले ध्यान दिनु आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
यस्तै, जनस्वाथ्यविद् डा. बाबुराम मरासिनीले पनि कोरोना भाइरसको नयाँ म्यूटेड भेरियन्टको बारेमा सरकारले ध्यान नदिँदा जोखिम झन् बढ्न सक्ने बताउनुभयो । अहिलेको डेल्टा भेरियन्ट बढी संक्रामक भएकाले यसको नयाँ म्यूटेसनहरु चाँडो चाँडो देखिनसक्ने उहाँको भनाइ छ ।
कोरोना संक्रमण रोकथामको लागि मास्कको प्रयोग र स्वास्थ्य मापदण्डको पालनामा कडाई सँगसँगै भाइरसको म्यूटेसनमा पनि ध्यान दिनु आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

 

गाेरखापत्र अन्लाइनबाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...