News Portal

रेडियो सुन्नुहोस्

दाखाक्वाडीमा घर भत्किदा एक महिलाको मृत्यु

तेजेन्द्र बि.एम.२०७८ भाद्र २१
१७६० पटक
२०७८ भाद्र २१

प्यूठान नगरपालिका २ दाखाक्वाडीमा केहिँ बेर अघि घर भत्किदा एक महिलाको मृत्यु भएको छ । दाखाक्वाडी विश्वकर्मा टोलकी ७८ वर्षिय देउकी बिकको सोमवार दिउँसो पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घरका ४ सदस्य घरबाहिर रहेकाले सकुशल छन् । मृतक बिरामी भएकाले घरभित्रै सुतीरहेको अवस्थामा घर भत्किएको वडा अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिए ।

गएराती परेको वर्षाका कारण घरको एकसुरतर्फको जमिन भास्सिएर घर भत्किएको हो । घर भत्किदा घरमा भएका सम्पूणर् अन्नपात, लत्ताकपडा पुरिएका छन् । मृतकको सवलाई स्थानीयवासी, प्रहरी लगायतको टोलीले सव निकालेर पोष्टमार्टमको तयारी भइरहेको प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...