News Portal

रेडियो सुन्नुहोस्

दाखाक्वाडीमा घर भत्किदा एक महिलाको मृत्यु

तेजेन्द्र बि.एम.२०७८ भाद्र २१
१७८१ पटक
२०७८ भाद्र २१

प्यूठान नगरपालिका २ दाखाक्वाडीमा केहिँ बेर अघि घर भत्किदा एक महिलाको मृत्यु भएको छ । दाखाक्वाडी विश्वकर्मा टोलकी ७८ वर्षिय देउकी बिकको सोमवार दिउँसो पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घरका ४ सदस्य घरबाहिर रहेकाले सकुशल छन् । मृतक बिरामी भएकाले घरभित्रै सुतीरहेको अवस्थामा घर भत्किएको वडा अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिए ।

गएराती परेको वर्षाका कारण घरको एकसुरतर्फको जमिन भास्सिएर घर भत्किएको हो । घर भत्किदा घरमा भएका सम्पूणर् अन्नपात, लत्ताकपडा पुरिएका छन् । मृतकको सवलाई स्थानीयवासी, प्रहरी लगायतको टोलीले सव निकालेर पोष्टमार्टमको तयारी भइरहेको प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...