News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : बढ्यो जस्पुरको सान

झुलेनी नेटवर्क२०७८ असौज १३
१६३५ पटक
२०७८ असौज १३

माण्डबी गाउॅपालिकाको केन्द्र बनेपछि प्यूठानको जस्पुर (चकचके) क्ष्ँेत्रको सान बढेको छ । माडि नदि किनारको जस्पुरमा गाउपालिका सरेपछि पछिल्लो समय चम्कीदै गएको हो । यहा विकास निर्माणका काम धमाधम हुदै छन् । यसले स्थानीय बासिन्दा उत्साहित बनेका छन् । माण्डबी गाउ“पालिकाको केन्द्र देविस्थानबाट जस्पुरमा सारिएको छ ।

भालुबाङ-प्यूठान सडक क्षेत्रमै जस्पुर पर्दछ । केहि वर्षअघि ईलाका प्रशासन, नापी तथा मालपोत लगायत कार्यालय समेत जस्पुरमै स्थापना भएका थिए । त्यसअघि सडक सडक डिभिजन कार्यालय स्थापना भइसकेको थियो भने हाल करदाता सेवा कार्यालय पनि स्थाना भएको छ । यहा“ गाउ“पालिका केन्द्रलाई लक्षित गरि यहा“ बैंक तथा वित्तिय संस्था पनि खुलेका छन् । त्यसपछि प्यूठानबाट रोल्पा पुग्ने मुख्य स्थान जस्पुर चम्कदै गएको छ ।

प्यूठानको पवित्र धार्मिक तीर्थस्थल स्वर्गद्वारी पुग्ने तीर्थयात्रीलाई लक्षित गरि दर्जनौ स्तरीय होटलहरु पनि खुलेका छन् । होटलहरु सधंै भरिभराउ हुन्छन् । प्यूठान सदरमुकाम खलंगा, बिजुवार, भिंगृ, स्वर्गद्वारी र रोल्पा सदरमुकाम लिबाङ, सुलिचौर पुग्ने मुख्य चोक रहेकाले पनि जस्पुर क्षेत्रमा विकास निर्माण र जनघनत्व बढ्दै गएको छ ।

२०६३ सालमा दाखाक्वाडिको चेरनेटाबाट जस्पुरमा व्यापार गर्न झर्दा सुनसान रहेको जस्पुर (चकचकेमा हिजोआज चहलपहल निकै बढेको छ । सडक आसपास झन्डै ३ सय बढी घर निर्माण भएर ठूलो बजार नै बनेको छ । जस्पुरमा व्यपार व्यबसाय गर्ने जो कोहीले पनि राम्रो कमाइ गरिरहेका छन् । जस्पुरमा व्यापार बढ्दै गएपछि रोल्पा, अर्घाखा“चीबाट समेत व्यापार गर्न दर्जनौ स्थानीय जस्पुरमा झरेका छन् ।

यहाँ व्यापारीक चहलपहल निकै बढ्दो छ । जस्पुर क्षेत्रको घरजग्गा पनि बढेर छोइसक्नु छैन । जस्पुरको मुख्य चोकदेखि रोल्पा जाने सडक दाया“/बाया“ पा“च लाख मिटर बढीका घडेरीको मूल्य पर्ने स्थानीय बताउ“छन । जस्पुर देखि देविस्थान तर्फ सडक किनारका भित्ता खारेर घडेरी बनाइएका छन् । घडेर निकै मह“गो परेपनि यस क्षेत्रमा धमाधम घर निर्माण भइरहेका छन् ।

स्वर्गद्वारी दर्सन गर्न आउने थीर्तयात्रीका कारण होटलमा खाना खानेहरु बिहानदेखि बेलुकासम्मै भिड भइरहने गर्छ । पछिल्लो समय यहा“ ठूला होटलहरु पनि थपीदै गएका छन् । यहा“को सडकलाई सहायका मार्गको रुपमा वर्गीकरण गरीएको छ । सडकको केन्द्र विन्दुवाट दायाँ-बायाँ १५ र १५ मिटर कायम गरिएको छ ।

यस क्षेत्रमा त्यसै अनुसार घरहरु निर्माण हु“दा जस्पुर चिटिक्क देखिन्छ । सडक पनि फराकीलो छ । झिमरुक जल विद्युत केन्द्र बुटवल पावर कम्पनीको पावर हाउस समेत यहि जस्पुरमै पर्छ । पावर हाउस हेर्न आउनेहरु पनि धेरै हुन्छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...