News Portal

रेडियो सुन्नुहोस्

विजुवारमा ज्येष्ठ नागरिक स्यहारकर्ताहरुलाइ सम्मान

तेजेन्द्र बिएम२०७८ असौज १५, प्यूठान
११५८ पटक
२०७८ असौज १५, प्यूठान

ज्येष्ठ नागरिकहरुलाइ स्याहार गर्ने स्याहारकर्ताहरुलाइ शुक्रवार विजुवारमा सम्पन्न गरिएको छ । ३१ औं अन्तरास्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७८ को अवसरमा प्यूठान नगरपालिका नगर स्तरिय ज्येष्ठ नागरिक सञ्जाल समितिले उनिहरुलाइ सम्मान गरेको हो । कार्यक्रममा प्युठान नगरपालिका भित्रका आफ्ना अभिभावकको स्याहारमा मुख्य भुमिका खेल्ने स्याहारकर्ताहरु सहभागि थिए । नगरपालिका अन्तर्गतका १० वटा वडाका २/२ जना महिला तथा पुरुष स्याहारकर्ता लाई  दोसल्ला ओढाएर सम्मान गरीएको हो । सम्मानित हुनेहरुलाइ करुवा र सम्मान पत्र दिइएको थियो ।

घरका आफ्ना अभिभावकलाइ स्याहार गर्नु आफ्नो दायित्व र कर्तव्य हुने भएपनि हौसलाका लागि सम्मान गरीनु आफुहरुलाइ उत्साह मिलेको सम्मानित हुनेहरुले बताएका थिए । कार्यक्रममा प्यूठान नगरपालिका नगर प्रमुख अर्जुन कुमार कक्षपतिको प्रमुख आतित्थ्यता रहेको थियो भने  उपप्रमुख शान्ता आचार्य विशिष्ट अतिथिको रुपमा थिइन । संजालका अध्यक्ष देवराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक संघ प्युठानका अध्यक्ष गेहराज पण्डित, वयोवृद्ध तथा अनाथ संरक्षण मञ्चका उपाध्यक्ष पदम प्रसाद पोख्रेल, पत्रकार महासंघ सन्जय रिजाल लगायतका बक्ताहरुले सहभागीहरुलाइ मन्तब्य राखेका थिए । प्यूठान नगरपालिकाले कार्यक्रम सन्चालनका लागि आर्थिक सहयोग गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...