News Portal

रेडियो सुन्नुहोस्

एमाले छोडि गएकाहरु फर्कि आउँदै : मणि थापा

तेजेन्द्र बि.एम.२०७८ कार्तिक ०९, प्यूठान
१०४२ पटक
२०७८ कार्तिक ०९, प्यूठान

मंगलबार देशैभर एकैसाथ नेकपा एमालेले प्रथम नगर तथा गाउँपालिका अधिवेशन गरिरहेकोे छ । प्युठानको ९ वटै स्थानीय तहहरुमा भैरहेको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
प्युठान नगरपालिकाको अधिवेशनमा नेकपा एमाले स्थाइ कमिटी सदस्य तथा पुर्व खानेपानी मन्त्री मणिचन्द्र थापाको प्रमुख तथा केन्द्रिय सदस्य तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाको विशेष आतिथ्यता रहेको थियो ।

उनीहरुले यसरी देशैभर एकसाथ अधिबेशन गर्न अन्य पार्टीले नसकेको दाबी गरेका छन । “हामीलाई छोडेर गएकाहरु निडर र देशको लागि लड्ने केपी ओलिकै नेतृत्वको पार्टीलाई रोजेर फर्की आउँदैछन,” मणि थापाले भने । अन्य पार्टीले सरकार चलाउदा वर्षभरि १० किलोमीटर सडक पक्की गर्थे भने केपी शर्मा ओली नेतृत्वको सरकारले हरेक दिन ६ किलोमीटर सडक पक्की गरेको, चुच्चे नक्सा पारित र सगरमाथाको उचाई मापन पनि ओलि नेतृत्वको सरकारले नै गेरेको सुर्य थापाले बताए ।

कार्यक्रममा, प्रदेश कमिटी सचिवालय सदस्य तथा पुर्व सांसद हरि रिजाल, जिल्ला कमिटी अध्यक्ष तुल्सिराम शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेताहरु यस्तो सान्दर्भिक र उत्साह पुर्ण कार्यक्रम भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रम सफलता र नयाँ बन्ने कमिटीलाई शुभकामना दिएका थिए ।
कार्यक्रमको अध्यक्षता नगर कमिटी अध्यक्ष टंक बहादुर खड्काले गरेका हुन् । अहिले उनीहरु अन्य गाउँपालिकाको अधिवेशन उद्घाटनको लागी हिडिरहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...