News Portal

रेडियो सुन्नुहोस्

त्रिभुवन विमानस्थलमा निःशुल्क ‘सटल बस सेवा’ शुरु, यात्रुले पैसा तिर्नु नपर्ने

झुलेनी नेटवर्क२०७८ मंसिर १५
७६८ पटक
२०७८ मंसिर १५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क सटल बसे सेवा शुभारम्भ भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक टर्मिनल स्टेशनमा तीनवटा माइक्रोबसलाई सटल बसका रूपमा सञ्चालनमा ल्याएको हो ।

बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सटल बसको शुभारम्भ गरेका छन् । योसँगै अब आन्तरिक उडान तर्फ आउजाउ गर्ने यात्रुहरुले सजिलै त्यो पनि निःशुल्क सटल बसको उपभोग गर्न पाउने भएका छन् । बसले आन्तरिक टर्मिनल स्टेसनदेखि विमानस्थल प्रवेशद्धार ‘गोल्डेन गेट’सम्म निःशुल्क यातायात सेवा प्रभाव गर्नेछ ।

हाल विमानस्थलभित्र ट्याक्सी व्यवसायीहरुले मनलाग्दी भाडादर राख्दै यात्रु ठगिरहेको गुनासो बढेपछि बाध्य भएर आफुले सटल बस सेवाको शुभारम्भ गर्नुपरेको मन्त्री आलेले बताए । सो अवसरमा मन्त्री आलेले विमानस्थल प्रहरीलाई बारम्बार निर्देशन दिएर यात्रुलाई मिटरमा मात्रै लैजाने व्यवस्था गरी ट्याक्सीको ठगी नियन्त्रण गर्न भनिएपनि सो कार्य नरोकिएकाले यस्तो व्यवस्था गरिएको बताए ।

विमानस्थलबाट ट्याक्सी चढ्न हवाई भाडाभन्दा पनि महँगो भएको भन्ने यात्रुको गुनासो आएकाले बस सञ्चालन गरिएको उनले बताए । यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको सटल बसले विहान ६ बजेदेखि रातको ११ बजेसम्म सेवा दिनेछ ।

सोही अवसरमा मन्त्री आलले आजै वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घरको समेत उद्घाटन गरेका छन् । विश्राम घरको उद्घाटन गर्दै मन्त्री आलेले गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारलाई विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताए ।

रातोपाटी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...