News Portal

रेडियो सुन्नुहोस्

बालश्रम मुक्त घोषणा छैठाैँ बन्याे त्रिवेणी गाउँपालिका वडा नम्बर २

नवराज राना मगर२०७८ मंसिर २३ रोल्पा
८९४ पटक
२०७८ मंसिर २३ रोल्पा

त्रिवेणी गाउँपालिका रोल्पाको छैठौं वडाको रुपमा २ नम्बर वडालाई बुधबार बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।

“समृद्ध समाज निर्माणका लागि शिक्षाको पहुँचमा बालबालिका, हाम्रो साझा अभियान बालश्रम मुक्त त्रिवेणी गाउँपालिका” को नारालाई आत्मसाथ गर्दै अरनिको माध्यमिक विद्यालयको प्राङ्गनबाट निस्किएको बाजा गाजा सहितको बृहत र्याली मङ्गल बजार, नुवागाउ प्रहरी चौकि, नुवागाउ स्वास्थ चौकि हुदै पुनः स्कुलको प्राङ्गणमा आएर कोण सभामा परिणत भएको थियो ।

त्रिवेणी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कविराज वुढाको अध्यक्षतामा सुरुभएको कार्यक्रममा प्रमुख अथिति त्रिवेणी गाउँपालिकाअध्यक्ष शान्त कुमार वली, विशिष्ट अथिति त्रिवेणी गाउँपालिका उपाध्यक्ष सावित्रा वुढा घर्ती, विशेष अथिति त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी, अन्य अथितिहरुमा अरनिको माध्यमिक विद्यालय नुवागाउका प्रधानाध्यापक गणेश घर्ती, नेपाल शिक्षक महासघं त्रिवेणी गाउँपालिका अध्यक्ष तथा शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर घर्ती, भगवती मा.वि. दहवनका प्रधानाध्यापक पर्शुराम वली, शिव माध्यमिक विद्यालय द्वावरपानिका शिक्षक श्यामराज विक, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य अमृत वुढा, नेकपा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका अध्यक्ष शेर सिंङ बन्दिपुरे , नेपाली काङ्ग्रेसका प्रतिनिधि भुप बहादुर रोका, प्रहरी चौकी नुवागाँउका प्रहरी साहयक निरिकक्ष बसन्त बहादुर डागी, सामुदायिक रेडियो पल्लवीका साहयक प्रशासन प्रमुख अमृत वली, वडा सचिव चुडामणि देवकोटा, वडा सदस्य, गाउपालिका तथा वडाका कर्मचारी, सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वन महासंघ, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, वाल कल्व, युवा कल्व, बाल अधिकारकर्मी, स्थानीयवासी, महिला समूह, आमा समुह तथा सम्पूर्ण सरोकार वालाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको अवसर पारेर अरनिको माध्यमिक विद्यालयको कम्प्युटर ल्याव, हिरा स्मृति पुस्तकालय, ICT कलास भवनको पनि उत्घाटनका साथै विभिन्न टोलको पैसरु नाच, विद्यालयका विद्यार्थीको, नृत्य, गित गजल पनि प्रस्तुत गरिएको थियो । त्रिवेणी गाउँपालिका २ नम्बर वडा सदस्य धन बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन शुक्र मा.वि. का शिक्षक पर्शुराम घर्तीले गर्नुभएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...