News Portal

रेडियो सुन्नुहोस्

लुप्लुङको देवाली हेर्न गएका युवक मृत भेटिए

झुलेनी नेटवर्क२०७८ मंसिर २६
१०१५ पटक
२०७८ मंसिर २६

नौबहिनी गाउँपालिका ८, लुप्लुङमा एक जना युवकको मृत अवस्थामा सब फेला परेको छ । लुप्लुङ देखि तल धुवाखर्क नजिकै खोलामा प्यूठान नगरपालिका ८, निवासी ३२ वर्षका मोहन महतरा आइतवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

मृतक महतरा शुक्रवार राती लुप्लुङको दिवाली र्हेनका लागि गएका थिए । मेलामा करिब राती २ बजेतिर प्यूठान नगरपालिका ८ कै दुई समुह बिच झडप भएको बताइएको छ । मृत भेटिएका युवक झडप भएदेखि करिब ४ बजेपछि सम्पर्क बिहिन रहेको उनका आफन्तले बताएका छन् ।

शनिवार दिनभर खोजतलास गर्दा पनि नभेटिएका महतरा आइतवार मृत अवस्थामा फेला परेका हुन् । घटना स्थलमा आज दिउसो इलाका प्रहरी कार्यालय लुङबाट प्रहरी पुगेर मुचुल्का उठाउने कार्य गरीरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत भेटिएका युवकको शरीरमा चोटपटक लागेको छ ।

युवकको शरीरभरी चोटपटक लागेकाले हत्या गरेर कसैले फालेको हुनसक्ने मृतकका आफन्तले बताएका छन् । घटनाको बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...