News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : प्रहरीको अभियान तपाइको मास्क खै !

झुलेनी पोष्ट
७१३ पटक

पछिल्लो २ वर्षदेखि कोभिड–१९, कोरोना संक्रमणले विश्वभरका नागरिकलाई ग्रसित बनायो । नागरिक आफै जिम्मेवार नहुँदा धेरैले ज्यान समेत गुमाउनुप¥यो। मास्क लगाउने, सेनिटाइजरको नियमिति प्रयोग गर्ने तथा सावुनपानीले मिचि मिचि हात धुन पनि प्रहरीले भन्नुपर्ने अवस्था थियो ।

तर यो वर्ष पनि विश्व स्वास्थ्य संगठनले “ओमिक्रोन भेरियन्ट” लाई ‘भेरियन्ट अफ कन्सर्न’ मा नामकरण गर्दै संसारमा “खतराको घन्टी बजेको” चेतावनी दिएको छ । ओमिक्रोन भेरियन्ट भाइरसको बाहिरी सतहमा रहेको स्पाइक जीनमा बत्तीस (३२) वटा उत्परिवर्तनहरु आनुवंशिक अध्ययनले पुष्टि गरेको छ । यसको संक्रमण नेपालमा पनि विदेशबाट आएका २ जना नागरिकलाई भेटिएको पुष्टि भएको छ ।

यसैकारण प्रहरीले विगतमा जस्तै तपाईको मास्क खै अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठान लगायत मातहतका इकाइका कार्यालयहरुले निशुल्क मास्क वितरण गर्नेदेखि लिएर मास्क नलगाउनेहरुलाई सचेत गराउँने अभियानको थालनी गरेको छ ।

प्रहरी देख्ने बित्तिकै मास्क लगाउने नागरिक आफै जिम्मेवार बन्न जरुरी छ । मास्क प्रहरीका लागि लगाइदिने नभएर स्वयम आफ्नो सुरक्षाका लागि मास्कको प्रयोग अनिवार्य हो । सबै नागरिक आफ्नो सुरक्षाका लागि जिम्मेवार बनौं, सचेत रहौं, आफू पनि जोगिऔं र अरुलाई पनि जोगाऔं l

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...