News Portal

रेडियो सुन्नुहोस्

अपांगता भएकाहरुलाई नि:शुल्क ह्विलचियर वितरण

सागर रिजालप्युठान,२२ असार
१०११ पटक
प्युठान,२२ असार

ह्विलचियर आवश्यकता भएका जिल्लाका विभिन्न ठाउँका अपांगता भएका व्यक्तिलाई निःशुल्क ह्विलचियर वितरण गरिएको छ । २३ जना व्यक्तिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि ह्विलचियर वितरण गरिएको हो ।

राष्ट्रिय अपांग पुर्नस्थापना केन्द्र काठमाण्डौंको सहयोगमा आठ लाख ५० हजार रुपिँया बरावरको ह्विलचियर वितरण गरिएको राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो । नापजाँज गरेर ह्विलचियर ल्याइएको हो, उहाँले भन्नुभयो,‘नापजाँच गरिएकाले प्रयोग गर्दा असजिलो हुँदैन ।’ पुर्नस्थापना केन्द्रका ह्लिचियर वितरण कार्यक्रम निर्देशक सुगम भट्टराईले हालसम्म ६० जिल्लामा ह्विलचियर वितरण गरिसकेको जानकारी दिनुभयो ।

दातृ निकायको सहयोगमा करिव १३ हजार ह्विलचियर वितरण गरिएको उहाँको भनाई छ । एक पटक दिईएको ह्विलचियरलाई ३ वर्ष सम्म जोगाएर हिडल्नका लागि पनि आग्रह गर्नुभयो । दुई वर्ष अघिको तथ्यांक अनुसार जिल्लामा छ हजार अपांगता भएका व्यक्ति रहेका छन् ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले स्थानीय सरकार बनिसकेपछि जिल्लामा अपांगमैत्री संरचना निर्माण हुन थालेको बताउनुभयो । उहाँले भौगोलिक कठिनाइले गर्द अझै पनि धेरै ठाउँमा ह्विलचियर प्रयोग गर्न समस्या रहेको बताउनुभयो ।

हिड्न अफ्ठेरो भएका अंपाग व्यक्तिलाई ह्लिचियरले केहि राहत प्रदान गर्ने प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले बताउनुभयो । यसलाई सदुपयोग, स्याहार संहार गर्न अंपाग व्यक्तिका परिवारलाई आग्रह गर्नुभयो ।

प्युठान नगरपालिकाका उपमेयर शान्ता आचार्यले नगरपालिकाले अंपागता भएका व्यक्तिलाई सहयोग गर्दै आएको बताउनुभयो । नगरपालिकाले आफ्नो नगरभित्र रहेका बास्तविक अंपागता भएका व्यक्तिहरुको तंथाक संकलन गर्ने कार्यलाई अगाडी वढाएको समेत उहाँले जानकारी दिनुभयो ।

ह्लिचियर वितरण गर्नका लागि प्युठान नगरपालिकाले रु ५० हजार सहयोग गरेको उहाँको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...