News Portal

रेडियो सुन्नुहोस्

इजरायलले चलायो चरा मार्ने अभियान

झुलेनी नेटवर्क२०७८ पुष १४
७२५ पटक
२०७८ पुष १४

१४ पुस, काठमाडौं । इजरायलले चरा मार्ने अभियान थालेको छ । एभियन फ्लु ब्(ज्छल्ज्ञ) को महामारी रोक्ने उद्देश्यले चरा मार्ने अभियान चलाइएको हो ।

यो अभियानको क्रममा १० हजारभन्दा बढी टर्की चरा मारिने बीबीसीले जनाएको छ । हुला नेचर रिजर्भमा एभियन फ्लुका कारण ५ हजारभन्दा बढी प्रवासी सारस चरालाई मारिसकिएको छ । स्थानीय किसानका पनि करिब पाँच लाख कुखुरा मारिने छ । यसबाट अण्डा अभाव हुने अनुमानसमेत गरिएको छ ।

इजरायलका पर्यावरण मन्त्री तमर ज्याण्डवर्गले इजरायलको इतिहासमा वन्यजीवका लागि यो सबैभन्दा ठूलो झट्का भएको बताएका छन् ।

यद्यपि एभियन फ्लु मानिसमा सरेको पुष्टि भने भएको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार पन्छीबाट मानिसमा यो भाइरसको संक्रमण फैलिनु निकै दुर्लभ घटना हो । तर सन् २००३ मा मानिसमा सरेको यो महामारीबाट ४५६ जनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्री नेफ्टाली बेनेटले राष्ट्रिय सुरक्षा सल्लाहकार र अन्य विशेषेज्ञहरुसँग छलफल गरी फ्लुको महामारी राक्नेबारे छलफल गरेका थिए । त्यसपछि पन्छी नष्ट गर्ने क्रम जारी छ ।

संक्रमित पन्छीको सम्पर्कमा रहेकाहरुलाई सुरक्षा सावधानीका साथ उपचार जारी राखिएको छ ।

अनलाइनखबर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...