News Portal

रेडियो सुन्नुहोस्

निर्माण ब्यवसायीमा माओवादी निकट ब्यवसायीहरु बाहिरिएको घोषणा

झुलेनी पोष्ट२०७८ पौष १८
१२४३ पटक
२०७८ पौष १८

निर्माण व्यवसायी संघ प्यूठानमा आवद्ध नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरु बाहिरिएको घोषणा गरेका छन् । पाँचौ अधिवेशन अन्तर्गत आइतवार बिहानसम्म सर्व सहमति गराउने अभियान अनुरुप हालको नेतृत्वले निर्वाचनमा ढिलाई गरेको र मनोमानी ढंगले गोजिबाट पद बाँडफाँड गरेको आरोप लगाउँदै आफूहरु प्रतिपक्षमा बस्ने निर्णय गरेको व्यवसायी मुकेश थापाले बताए ।

अरुको अस्थित्व स्विकार्न एमाले, कांग्रेस लगायत निकट व्यवायीहरु सहमत नभएकाले मताधिकार भएका १३ जना सहित आफूहरु बाहिरीएको उनले जानकारी दिए । बाहिरिएका निर्माण व्यवसायीहरुले पद बाँडफाँड लगायत संस्थागत विविध गतिविधिका विषयमा टिप्पणी गरेका छन् । पाँचौ अधिवेशन तथा दशौं साधारण सभा शनिवारदेखि सुरु भएको हो ।

‘हामीले जतिसक्दो समावेश गर्ने प्रयत्न गरेका हौं’ हाल नेतृत्वमा रहेका एक व्यवसायीले भने, ‘आफूखुसी बाहिर गएकाहरुलाई टिप्पणी गर्नु छैन, अझै आउनुभए समावेश गरेर लैजान सकिन्छ ।’ उनका अनुसार निर्वाचन प्रक्रियामा जानुभन्दा सहमतिय ढंगबाट सँगै जाउँ भन्ने हेतुले नेतृत्व चयनमा केहिँ ढिलाई भएको जनाए । माओवादी निकट बाहेक अन्य व्ययवसायीहरुबाट सहमतिय ढंगबाट नेतृत्व चयनका लागि छलफल भइरहेको बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...