News Portal

रेडियो सुन्नुहोस्

तनहुँमा पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

झुलेनी नेटवर्क२०७८ पुस २५, दमौली
६७० पटक
२०७८ पुस २५, दमौली

तनहुँको ब्यास नगरपालिका १ तालघरेमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ग ३ च ३७७८ नम्बरको पिकअप भ्यान आज बिहान साढे ३ बजे अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा अन्दाजी ३५ वर्षीय भ्यान चालकको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको तर उनको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका ४ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मे १ प ५५९० नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे अनियन्त्रित भएर पल्टिंदा धुलाबारी घर भई हाल इटहरी बस्ने २२ वर्षीय रोशन विश्वकर्माको मृत्यु भएको हो ।

विश्वकर्मालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...